Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६ लाख तिर्ने शर्तमा रेजिना र कविता बिच सहमती

फिल्मीखबर, काठमाण्डौ, 2013/06/30

अभिनेत्री रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठ बिच सहमती भएको छ । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको कार्यसमिति सदस्यको रोहवरमा रेजिना र कविता बिच सहमती भएको हो ।

 

सहमती अनुसार अभिनेत्री उप्रेतीले एक वर्ष भित्र निर्मात्री श्रेष्ठलाई ६ लाख रुपैयाँ बुझाउनु पर्नेछ । त्यस्तै फिल्म वरदानको ओभरसिज राईट रेजिना र नेपाल तथा भिसीडी राईट कविता श्रेष्ठको हुनेछ । गत शुक्रबार अभिनेत्री उप्रेती बिरुद्ध ललितपुरस्थित जिल्ला प्रहरी कार्यालय जावलाखेल प्रहरी र जिल्ला प्रशासन कार्यालयमा निर्मात्री श्रेष्ठले उजुरी दिएकी थिइन् ।

 

उजुरीलाई एक वर्ष सम्म रोक्का गरिने निर्मात्री श्रेष्ठले फिल्मीखबरलाई जानकारी गराइन् । निर्माता संघको कार्य समिति सदस्य श्रेष्ठले भनिन्- 'एक वर्ष भित्र रेजिनाले रकम चुक्ता गरिनन् भने उजुरी उल्टिन सक्छ ।'

 

अभिनेत्री उप्रेतीले भने आफ्नो बेइज्जत गर्ने मनसायमा निर्मात्री श्रेष्ठ लागी परेको बताइन् । रेजिनाले भनिन्- 'यदि ६ लाखमा उहाँलाई सहमतीमा आउनु थियो भने यसअघि उहाँ किन सहमतीमा आउनु भएन ? मैले उहाँलाई ओभरसिजमा फिल्म चलाएर ६ लाख रुपैयाँ पहिल्यै दिन्छु भनेको थिएँ । एक महिनासम्म मेरो बेइज्जत गर्नुभयो, मलाई भन्नु केही छैन ।'


रेजिना र कवितालाई सहमतीमा ल्याउन सफल भएका अध्यक्ष राई भन्छन्- 'घटना क्रम हेर्दा दुवै पक्षको गल्ती देखियो । कार्यसमिति सदस्य बिच भएको दुई पक्षीय सहमतीलाई निर्माता संघले वाच गरिरहनेछ । रेजिना र कविता बिचको सहमतीमा वरदानका निर्देशक शोभित वस्नेत, संघका उपाध्यक्ष रोज राणा, महासचिव केशव भट्टराई, प्रवत्ता सुरेश दर्पण पोखरेल, सदस्य माधव वाग्ले, विरेन श्रेष्ठ र डिग खड्का उपस्थित थिए ।