Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

डब्बुको `आईटम गर्ल` रिमा (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/06/30

नायिका तथा मोडल रिमा बिश्वकर्मा सञ्चारकर्मी डब्बु क्षेत्रीले निर्देशन गरिरहेको फिल्म 'राहदानी'मा आईटम गर्ल बनेकी छिन् । यसअघि अभिनेत्री दिया मास्केले आईटम डान्स गर्ने भनिएको थियो तर उनले समय नदिएपछि डब्बुले आफ्नो फिल्मको आईटम गर्ल रिमालाई बनाएका हुन् ।

 

स्वर फिल्मबाट नायिकाको रूपमा रजतपटमा प्रवेश गरेकी रिमाले पहिलो पटक आईटम गीतमा डान्स गर्न राजी हुनुको कारण खोल्दै भनिन्- 'डब्बु दाई सञ्चारकर्मी भएको नाताले पनि उहाँको रिक्वेस्टलाई नाई भन्न सकिन र आईटम डान्स गर्न राजी भएँ ।' आफू पनि पहिला सञ्चारकर्मी नै भएकाले काम गर्दा निकै सजिलो भएको सुनाउँदै रिमाले थपिन्- 'डान्स गर्दा म निकै रमाउने मान्छे यसपटक अझै रमाईलो र नयाँ अनुभव भयो ।'

 

'स्केप' नामक फिल्मको सुटिङमा व्यस्त भएकी रिमाको समय निकालेर आफ्नो फिल्ममा आईटम गर्ल बनाएका डब्बुले भने- 'उनी राम्रो कलाकार हुन् भन्ने थाहा थियो यो गीतमा डान्स गरेपछि त झन् उनको अर्को खुबि पनि देख्न पाईयो ।' आफ्नै शब्दमा चेतन सापकोटाको संगीत तथा दुर्गा खरेलको स्वर रहेको उक्त आईटम गीतमा रिमाको ग्यालमर छबि प्रस्ट झल्किने डब्बु बताउँछन् । रिमालाई राजु शाहले आफ्नो करियोग्राफीमा नचाएका छन् ।

 

फिल्ममा अशोक रिजाल, दयाहाङ राई, रुपा खनाल ‘विशाखा’ बिनिता घिमिरे, मोनिका दाहाल, विधा कार्की, दिनेश दुलाल, केशब घिमिरे, लक्ष्मण बिक्रम बस्नेत, अस्मिता बस्नेत, नविन लम्साल, फुपु तेन्जिङ शेर्पा, बिकाश जोशी, आयुस्मा श्रेष्ठको अभिनय रहने छ । बैदेशिक रोजगारको समस्यामा निर्माण गरिएको फिल्म 'राहदानी'लाई सिनेमनबल इन्टरप्राईजजको दोस्रो प्रस्तुतीमा लक्ष्मीप्रसाद ढकालले निर्माण गरेका हुन् ।

 

गुन्यू चोली छाँडे मैंले मिनिस्कर्ट लाएँ
रोधी घर छोडे मैंले डिस्कोतिर धाएँ,
गाउँ घर छाँडे मैंले शहरतिर झरें
गाउँ घरकी पार्वती म पारु पो भएँ ।

 

माथी उल्लेखित शब्द रहेको आईटम गीतसँगै आजबाट राहदानीको नेपाल पार्ट सुटिङ सकिने निर्देशक क्षेत्रीले जानकारी गराए । केहि दिनमा मलेशियामा पुगि एउटा गीत र ३/४ सिन खिचेर फिल्म पूर्ण रूपमा प्याकअप हुने उनको भनाई छ ।