Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियाबाट नेपथ्यको विदेश प्रदर्शन शुरुवात

फिल्मीखबर, काठमाण्डौ, 2013/07/02

नेपालका हलहरुको सपोर्ट नपाएपनि दर्शकहरुको निकै राम्रो प्रतिक्रिया पाएको फिल्म ‘नेपथ्य’लाई यसको निर्माण टोलीले अब विदेश प्रदर्शन गर्ने भएको छ । विदेश प्रदर्शनको शुरुवात भने अष्ट्रेलियाबाट हुने निर्माण पक्षले जनाएको छ । अष्ट्रेलियाको सिड्नीमा आगामी शनिबार र सोमबार दुई शो गरिने अष्ट्रेलियामा नेपथ्यको प्रदर्शन जिम्मा लिएको संस्था ‘मेरो चिनो’ले जानकारी दिएको छ ।

‘अष्ट्रेलियामा दुई शो फिक्स भैसक्यो अझै शो थपिएला जस्तो छ,’ नेपथ्यकै नायिका सोना तिमिल्सिना (जो अहिले अष्ट्रेलियामा छिन्)ले भनिन्–‘यहाँको अन्य शहरहरुमा पनि शो को लागी कुरा भैरहेको छ ।’ हाल नेपालका पुर्वी र पश्चिमी क्षेत्रका हलहरुमा प्रदर्शन भैरहेको फिल्म हेर्नका लागी अष्ट्रेलियाली दर्शकहरु आतुर भएको मेरो चिनोले बताएको छ । अष्ट्रेलियामै समेत छायाँकन गरिएको फिल्म सिड्नीको सिभिक थिएटरमा शो हुने आयोजकले बताएका छन् ।

अष्ट्रेलिया प्रदर्शन पश्चात नै अन्य देशमा पनि फिल्मलाई प्रदर्शनमा ल्याईने फिल्मका निर्माता तथा निर्देशक रामराजा दाहालले बताए । ‘हामीले बिदेश प्रदर्शनलाई अष्ट्रेलियाबाट शुरुवात गरेपछि अन्य देशमा समेत फिल्मलाई लैजाने योजना बनाएका छौँ,’ निर्देशक दाहालले भने–‘अमेरिका, जर्मन, स्पेन, बेल्जियम, सिंगापुर, कोरिया, ईजरायल लगाएतका करिब एक दर्जन मुलुकमा नेपथ्य प्रदर्शनमा आउने निश्चित भएको छ ।’ नेपालका दर्शकहरुको सकारात्मक प्रतिक्रिया पाएकै कारण विदेशी मुलुकका नेपालीहरु पनि नेपथ्य हेर्नका  लागी लालायित बनेको उनले बताए ।

सपना देख्नेहरुको कथा भनिएको फिल्म नेपथ्यमा विल्शनविक्रम राई, आदित्य बुढाथोकी, रेम बिक, मानव सुवेदी, सोना तिमिल्सिना, रवी गिरी, रश्मी भट्ट, शिशिर खरेल लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्म ड्रिम वर्क फिल्म्स्को ब्यानरमा निर्माण भएको हो । फिल्ममा मानव सुवेदीले संगीत दिएका छन । फिल्मलाई शुसन प्रजापतिले खिचेका हुन् ।