Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

छाडा गीत गाउन नमान्ने आस्थाको `आधार`

फिल्मीखबर, काठमाण्डौ, 2013/07/01

आस्था राउत भन्ने बित्तिकै स्रोताहरूले फिल्म मायाज बारको गीत सम्झने छन् । गत बर्ष रिलिज भएको उक्त फिल्मको 'माया यो माया' बोलको गीतले आस्थालाई पार्श्व गायनमा थप उचाई दियो ।

 

बिशेषत: आईटम टाईपमा गीतमा स्वर दिन खप्पिस मानिने फरक स्वरकी धनी आस्थाले मायाज बार भन्दा अगाडी बसमा छैन यो मन फिल्मको शिर्ष गीत गाएकी थिईन् जुन निकै चर्चित पनि बन्यो । त्यस्तै केहि दिन अगाडी सार्वजनिक भएको फिल्म हो यहि माया होमा पनि आस्थाको सुमधुर स्वर सुन्न सकिनेछ । गीत राम्रै भएपनि कमजोर पब्लिसिटीका कारण गीत चर्चित नहुँदा आस्था केहि निराश छिन् । तर उनी प्रदर्शनको क्रममा रहेको फिल्म ढुवानीको आईटम नम्बरबाट भने निकै आशावादी छिन् ।
 

लंका फिल्ममा समेत स्वर दिएकी आस्थाले फिल्म राहदानीको गीतमा भने स्वर दिन मानिनन् । उक्त फिल्मको आईटम गीतको शब्द अलि छाडा भएको भन्दै उनले गाउन अस्विकार गरेको बताएकी थिईन् । छाडा गीत गाउन नमान्ने यिनै गायिकाले आज पहिलो एल्बम सार्वजनिक गरिन् । 'मलाई छाडा शब्द मन पर्दैन । त्यसैले मेरो एल्बममा त्यस्ता छाडा कुनैपनि शब्द समावेश छैन,' आस्थाले भनिन्- 'सबैले सुन्न सक्ने राम्रा-राम्रा गीतको कलेक्सन एल्बम हो 'आधार' ।'

 

 

चर्चित संगीतकार सुरेश अधिकारीको संगीत रहेको आस्थाको उक्त एल्बमको विमोचन बरिष्ठ संगीतकार अम्बर गुरूङले गरे । एल्बममा सात वटा गीत समावेश छ ।