Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोरवैताले भने- `नीति रोक्ने कस्को तागत ?`

फिल्मीखबर, काठमाण्डौ, 2013/07/02

वर्तमान फिल्म बजारलाई सुधार गर्ने भनी अपेक्षा गरिएको बक्स अफिस, फिल्म तथा हल वर्गीकरण नीति साउन १ मै हर सम्भव लागु हुने विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले दाबी गरेका छन् ।

 

एक फिल्मी कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका अध्यक्ष मोरवैताले भने- 'बक्स अफिस, हल तथा फिल्म वर्गीकरणलाई रोक्ने तागत कस्को छ ? सरकारले लागु गर्ने नीतिलाई सबैलाई मान्य हुनुपर्छ भन्ने छैन ।' धरान महोत्सवको अव्यवस्थित व्यवस्थापन पछि आलोचित बनेका धर्मेन्द्रको उक्त आक्राश नेपाल चलचित्र संघ प्रति लक्षित थियो । यी नीति लागु गर्नुपर्ने बारे चलचित्र निर्माता संघले जोडदार माग गरिरहंदा चलचित्र संघ भने विपक्षमा उभिएको छ । यद्यपी बक्स अफिस बाहेकका नीतिमा भने संघ सहमतीमा आएको छ ।

 

बक्स अफिस सर्भर विकास वोर्डमा राख्ने बारे चलचित्र संघको कडा अपत्ती रहदै आएको छ । संघले सर्भर संघमै राख्न जोड गरिरहेको छ । बक्स अफिसको सर्भर विकास वोर्डमा रहेमा निर्माताले नेपाल सरकारलाई ट्याक्स तिर्नुपर्नेछ । त्यस्तै विकास वोर्ड अध्यक्ष मोरवैताले राष्ट्रपतिको स्वास्थ्य स्थिति ठिक भएलगत्तै राष्ट्रिय चलचित्र पुरस्कार आयोजना हुने बताएका छन् । जुरी मेम्वर्सले फिल्म हेरेपछि सञ्चार मञ्त्रालयलाई बुझाउने र सञ्चारले राष्ट्रपतिको समयानुकुल पारेर राष्ट्रिय पुरस्कारको आयोजन गरिने बताएका हुन् ।