Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्का नेपालीले गर्ने भए हिन्दी फिल्मको निर्देशन

फिल्मीखबर, काठमाण्डौ, 2013/07/02

नेपाली फिल्म रावण र फुलस्टपका निर्देशक कमलकृष्णले बुलिउड मुलधारको फिल्म 'तेरे इस्क मेँ' निर्देशन गर्ने भएका छन् । मुस्लिम युवतीको प्रेमकथालाई मुख्य प्लट बनाइएको फिल्ममा नेपाली सहित बलिउडका कलाकार समेत रहनेछन् ।

 

फिल्मलाई इद्रिस खान र अजर खानले निर्माण गर्न लागेका हुन् । फिल्मको बजेट १४ करोड भारतीय रुपैयाँ दाबी गरिएको छ । अक्टोबर फस्टदेखी राजस्थानबाट फ्लोरमा जाने बताइएको फिल्ममा बलिउडका शक्ति कपुर, शुसान्त सिंह, सद्शिव अमरपुकार, रिना रोय, समीर खान, डाक्टर खुर्सीद अलाम लगायतको अभिनय रहनेछ । त्यस्तै नेपालबाट निर्देशक कमलकृष्ण सहित रहेशा रेग्मी र बासु पुडासैनी पर्दामा देखिनेछ । द्धन्द्ध निर्देशनमा भने नेपालबाटै चन्द्र पन्त छन् । संगीत भने रिहान खानको छ ।

 


तेरे इस्क मेँ निर्माण बारे जानकारी गराउन फिल्म युनिटले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा निर्देशक कमलकृष्णले फिल्म बारे भने- बलिउडमा नेपालको नाम राख्नेछु ।' उसो त निर्माता अजर खानले पनि बलिउडमा नेपाली सफल भएकै कारण नेपाली युनिटलाई लिएर हिन्दी फिल्मको निर्माण गर्न लागेको बताए । उनले भने- 'मनिषा कोईराला बलिउडमा हिट बन्न सक्छिन् भने अरु किन हुन सक्दैनन् ? अन्य जस्तै कलमकृष्णले पनि बलिउडमा केही गर्न सक्ने देखेर फिल्ममा लगानी गरेको हुँ ।'

 

 

'तेरे इस्क मेँ'को कथा, पटकथा तथा संवाद अजर स्वयमकै छ । नेपाली अभिनेता निखिल उप्रेतीले पनि बलिउड मुलधारकै फिल्म निर्देशन गर्ने योजना सार्वजनिक गरेका छन् । कार्यक्रममा विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता, प्रविधिक संघका अध्यक्ष मनोज केसी, निर्माता संघका सचिव छविराज ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।