डान्स बारमा डान्स गर्ने महिलाले भोग्नु परेको पिडालाई कथा बनाएर निर्माण गरिएको फिल्म 'बाउन्सर' यहि भाद्र १४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
मदन घिमिरेले निर्देशन गरेको यो फिल्मलाई प्रशान्त गिरीले निर्माण गरेका हुन् भने गिरी र नायिका कार्की नै फिल्मका मुख्य पात्र हुन् । एउटा क्लवको कथा र उपकथाले भरिएको यो फिल्ममा शुष्मा कार्कीको समेत मुख्य भुमिका रहेको छ ।
फिल्ममा चेतन सापकोटा र अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, मौनता श्रेष्ठको लेखन, कृष्ण श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन तथा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ । यो फिल्म काभ्रे फिल्मसको व्यानरमा निर्माण भएको हो ।

