
धनुषा जिल्लाको विश्वम्भर गाउँका आगलागी पिडीतहरुलाई फिल्म अन्तरालको निर्माण युनिटले राहत वितरण गरेको छ । फिल्मको प्रोमोशनका लागि देश दौडाहामा निस्केको अन्तराल युनिटले बिहिबार आगलागी भएकै स्थानमा पुगेर पिडितहरुलाई राहत वितरण गरेको हो ।

बहालबाला अध्यक्ष राजकुमार राईले विवेकको मत प्रयोग गरी आफूलाई पुनः एक कार्यकालका लागि नेतृत्व दिन प्रोड्यूसरहरुलाई आग्रह गरेका छन् ।

उम्मेदवारीको लेखा जोखामा तालमेल मिलेपछि दुई उपाध्यक्ष पद र कोषाध्यक्ष पदमा निर्विरोध भएको छ ।

अशोक शर्माको प्यानलले ईलेक्सनको भेन्यू ठमेल स्थित होटल बैशालीलाई नमान्ने भन्दै असन्तुष्टी जनाएपनि अन्तत सोही भेन्यूमा सहमति भएको छ ।

ब्लड डोनेशनको कार्यक्रमलाई सफलतापूवर्क सम्पन्न गरेकी मौसमी मल्लले यो बर्ष सामाजिक गतिविधिलाई गत बर्षभन्दा दोब्बर बनाउने दाबी गरेकी छिन् ।

गत चैत्र ९ गते रिलिज हुन नसकेको फिल्म 'मञ्जरी'लाई दर्शकले भोली शुक्रबार हेर्न पाउने भएका छन् । झण्डै ४ दर्जन हलमा एकसाथ रिलिज रिलिज हुन लागेको यो फिल्म प्रतिक्षित लिस्टमा पर्छ ।

