Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

महसुश ट्रेलर : बेनिशाले खोसिन् केकीको खुसी !

फिल्मीखबर, काठमाण्डौ, 2013/07/05

साउन ३२ मा अल नेपाल रिलिजको संघारमा रहेको प्रतिक्षित फिल्म महसुशले अफिसियल ट्रेलर आउट गरेको छ । एक मिनेट पैतिस सेकेन्ड लामो ट्रेलरमा मुख्य तीन पात्र आर्यन सिग्देल, केकी अधिकारी र वेनिशा हमाललाई हाईलाईट गरिएको छ । साथमा निर शाह, रश्मी भट्ट, मिथिला शर्मालगायतका कलाकारलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।

 

श्रीमान फिल्मका सफल निर्देशक नवल नेपाल निर्देशित फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । महसुशमा कल्याण घिमिरेको लगानी छ । महसुशमा प्रेमकथा भित्रका द्धन्दहरू रहेको निर्देशक नेपालले बताए । फिल्ममा दिव्यराज सुवेदीको छायांकन, बद्री लामिछानेको सम्पादन तथा सुरेश अधिकारीको संगीत रहेको छ ।