
फिल्म 'मञ्जरी'लाई सञ्चारकर्मीहरूले मात्र हैन दर्शकले पनि रूचाएका छन् । ओपनिङ कलेक्सन राम्रो गर्न नसकेपनि हेरेका सबै दर्शकले फिल्मलाई रूचाएकोले माउथ पब्लिसिटीले दर्शक संख्या बढ्ने निर्माण युनिटको आश छ ।

प्रबिधिको विकाससँगै नेपाली फिल्मको प्रचारप्रसार शैलीमा पनि प्रबिधिले नयाँ फड्को मार्न थालेको छ । टेलिभिजन, एफएम रेडियो र पत्रपत्रिकामा सिमित रहने नेपाली फिल्मको पब्लिसिटी क्याम्पियन अनलाईन पोर्टलमा आजभोली बढि फोकस हुन थालेको छ ।

उपयुक्त पैसा नपाए महत्वपूर्ण फिल्महरुलाई समेत छाडिदिने स्वभाव बनाएका नीर शाहले गोविन्द राईको डेब्यू फिल्म नागवेलीमा भने खामका लागि नखेलेको तर्क गरेका छन् ।

स्टार रेटिङ कुन दर्शकले कसरी गर्छन् त्यो भन्न सकिन्न । तर पुलिसका केही जवानले भने एक अचम्मको रेटिङ गरेपछि प्रोड्यूसर एसोसिएसनको चुनावी माहोलमा यो प्रसंगको निकै चर्चा भयो ।

बिकास बोर्डका सदस्य चिरञ्जिबी गुरागाईंको नेतृत्वमा खोल्न लागिएको सो संघमा जान खोजेका कर्मचारी दिल बहादुर थापालाई जान नदिन माओवादी समर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष आनन्द घिमिरे, महासचिव हेमाङ्गराज गिरी, सदस्य प्रभाकर भट्टराई लगायतले धम्की दिएका छन् ।

प्रोड्यूसर एसोसिएसन ईलेक्सनमा राजकुमार राईले अशोक शर्मालाई हराईदिएका छन् ।

