Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

एनएफडिसी अवार्डको प्रतिष्पर्धीलाई प्रमाणपत्र

फिल्मीखबर, काठमाण्डौ, 2013/07/05

साउन पाँच गतेका दिन राजधानीमा सम्पन्न हुन लागेको एनएफडिसी राष्ट्रिय फिल्म अवार्डको नोमिनेशनमा परेका फिल्मकर्मीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका विच १३ बिधामा छानिएक टप फाईभ फिल्माकर्मीहरूलाई प्रमाणपत्र दिईएको हो ।

 

 

 

गोपीकृष्ण इन्टरटेनमेन्टको व्यवस्थापनमा नेपाल चलचित्र विकास कम्पनीले पहिलो पटक आयोजना गर्न लागेको यो अवार्डमा सर्वोत्कृष्ट निर्देशकलाई रू १ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अवार्डका अध्यक्ष उद्धब पौडेलले जानकारी गराए । यस्तै प्रत्येक विधाका सर्वोत्कृष्ट फिल्मकर्मीलाई ५१ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान समेत उनले बताए । फिल्म उद्योगमा २५ वर्षभन्दा लामो समय सम्म योगदान पुर्‍याएका र हाल पनि क्रियाशिल विशिष्ट फिल्मकर्मीहरुलाई उच्च सम्मान व्यक्त गर्दै तिनै दिग्गज हस्तीहरुको नाम बाटै अवार्डको नाम राखिएको छ ।

 

 

 

 

अवार्ड समारोहमा भाग लिन बलिउडका चर्चित निर्माता मुकेश भट्ट सहितको एक टोली काठमाण्डौ आउने आयोजकले जानकारी गरायो । मुम्बईबाट आउने भारतिय फिल्मकर्मीको टोलीलाई नेपाल पर्यटन बोर्डको सहयोगमा हेलिकप्टर चार्टर गरि नेपाल भ्रमण गराईने भएको छ । यस्तै अवार्डको भोलीपल्ट अर्थात साउन ६ गते आमन्त्रित भारतिय फिल्मकर्मीसँग अर्न्तक्रिया कार्यक्रमको समेत आयोजना गरिने आजको कार्यक्रममा जानकारी गराईयो ।

 

 

 

 

मनोनयमा परेका फिल्मकर्मीको सूची हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला !

http://www.filmykhabar.com/news/7340/