
प्यूठानको यो ईतिहास हो । रोज राणालाई गृह जिल्ला प्यूठानमा भव्य सम्मान गरिएको छ । १२ बर्षपछि गृह जिल्लामा पाईला टेकेका रोजलाई १३ वटा गाडी र करिब ७० वटा मोटरबाईकको साढे दुई घण्टाको स्कटिङबाट प्यूठान स्थित पुण्य खोला गाँउ पुर्याईएको हो ।

गत आईतवारबाट तनहुँको बन्दीपुरमा भाष्कर ढुंगानाले पहिलो पटक एक्सन कट भनिरहेका छन् । 'सुन्तली' नाम जुराईएको फिल्मको शिर्ष भुमिकामा प्रियंका कार्कीले अभिनय गरिरहेकी छिन् ।

निम्फो अर्थात हाई सेक्सुअल डिजाएर भएकी युवतीको भुमिकामा नायिका सुमिना घिमिरेलाई दर्शकले हेर्न पाउने भएका छन् । फिल्म 'लभ फरेभर'मा सुमिनाले यौन प्यास मेट्न मरिमेट्न के कस्तो गर्छिन् भन्ने बिषयलाई केन्द्रबिन्दु बनाईएको छ ।

०६८ सालको ब्लकबस्टर फिल्म 'लुट'का निर्देशक निश्चल बस्नेतको परिचय थपिएको छ । निर्देशकसँगै फिटकिरी फिल्ममा अभिनय गरेका निश्चलले जेठ ३१ गते रिलिज हुन लागेको फिल्म 'कर्कश'का दुई गीत गाएका छन् ।

सधैं आरोप लाग्ने गरेको छ कि निर्माता छबिराज ओझाले नै फिल्म रिलिजका लागि किन मुख्य चाड नै पाउँछन् ? 'दर्शकका लागि रेगुलर राम्रो फिल्म दिएपछि राम्रो समय पाउनु पर्यो नि त,' निर्माता छबि भन्छन्- 'मैले गत बर्ष दशैंमा रिलिज गरिन तर खै कसैले चमत्कार देखाउन सकेनन् ।'

नेपाली फिल्म प्रेमी दर्शकहरूका लागि खुसीको खबर ! अब घरमा नै बसिबसि उच्च क्वालिटीका नेपाली फिल्म हेर्न सकिनेछ । इन्टरनेपाल डट कमले दर्शकहरूका लागि यो सुबिधा ल्याएको हो ।

