Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेरो भ्यालेनटाईन गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2013/07/05

भाद्र २८ गतेका लागि रिलिज डेट तय गरिएको फिल्म 'मेरो भ्यालेनटाईन'को रोमान्टिक गीत 'फनफनी घुमी' रिलिज गरिएको छ । पोष्ट-प्रोडक्सन कम्पनी सफ्ट ईमेज कम्पनीद्धारा पहिलो पटक निर्मित यो फिल्म सुरज सुब्बाको निर्देशनमा तयार भएको हो ।

 

निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह तथा सुस्मिता ढकाल लिड काष्ट रहेको मेरो भ्यालेन्टाईनको प्रस्तुत सार्वजनिक गीतमा सुगम पोखरेलको शब्द तथा सुगम पोखरेल, बाबु बोगटी, प्रश्ना शाक्य र रेश्मा सुनुवारको स्वर रहेको छ । संगीत सिर्जना भने सुगम पोखरेलले गरेका हुन् । यस्तै करियोग्राफी गोबिन्द राईको हो ।

 

पूर्णरूपमा लभस्टोरीमा आधारित यो फिल्मका निर्माता सुशिल श्रेष्ठ हुन् । फिल्ममा शम्भु सापकोटाको छायाँकन र बनिश शाहको सम्पादन रहेको छ । फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् ।