Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भाई भतिजाले बिगारे संगीत बजार : संगीतकार शर्मा

फिल्मीखबर, काठमाण्डौ, 2013/07/08

वर्षमा एक सय फिल्म रिलिज भएपनि पाँच हिट गीतको तालिका निकाल्न गाह्रो छ । संगीतको हकमा वर्ष ०६९ यस्तै भयो । फिल्मी संगीतको हालत ठिक नहुनुमा सबैको भिन्न भिन्न विश्लेषण छ ।

 

धेरै जसो संगीत सर्जक मिहेनत कम भएकाले संगीतले गति लिन नसकेको विश्लेषण गर्छन् भने केहीले विदेशी फिल्मको कपीले फिल्मी संगीतको बजार ध्वस्त भएको धारणा राख्छन् । यही बिचमा आधा दर्जन भन्दा बढि फिल्ममा संगीत दिएका संगीतकार दीपक शर्माले भने भाई भतिजालाई अवसर दिएर नेपाली फिल्म संगीतले गति लिन नसकेको बताएका छन् ।

 

फिल्मीखबरसँगको कुराकानीमा संगीतकार शर्माले भने- 'यहाँ क्षमतालाई भन्दा पनि आफन्त र भाई भतिजालाई अवसर दिइन्छ । संगीतको ज्ञान नभएकाले कसरी राम्रो संगीत दिन सक्छ ?' संगीतकार शर्माले छायाँछवी डिजिटल अवार्डमा फिल्म 'सम्झी राख है'को सङबाट वेस्ट म्युजिसियनको अवार्ड हात पारेका थिए । भारतमा पाँच वर्षे संगीतको कक्षा लिएका शर्माद्धारा संगीतवद्ध फिल्म दबाब फिल्मको आइटम गीतले राम्रै चर्चा पाइरहेको छ ।

 

आफ्ना फिल्ममा संगीतको मौलिकतासँगै भिन्नता पनि हुने संगीतकार शर्माको दाबी छ । स्रंगीतकार शर्मा अहिले एक अनटाईटल फिल्मको संगीत सेटिङमा व्यस्त छन् भने उनीद्धारा संगीतबद्ध दुई फिल्म प्रदर्शनको क्रममा छन् । उनले संगीत दिएको फिल्म अप्रिल फूलको तेरो मेरो पिरती बोलको गीतलाई पनि स्रोताले रूचाएको दिपक बताउँछन् ।