
भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'साँघुरो'को बिहिबार साँझ राजधानीको कुमारी हलमा प्रिमियर गरियो । फिल्म हेरेपश्चात उपस्थित फिल्मकर्मी तथा सञ्चारकर्मीले निर्माण युनिटलाई राम्रो फिल्म बनाएकोमा धन्यवाद दिए ।

कक्षा १२ को परिक्षा सकिनासाथ फिल्म हेर्न आएकी स्मृति भण्डारीले आफुलाई फिल्मले आँखाभरि आँशु ल्याएको बताईन् ।

नेपाल चलचित्र निर्देशक समाजको नवनिर्वाचित पदाधिकारीहरुले आज सूचना तथा संचारमन्त्री माधव पौडेललाई भेट गरे ।

निर्माता नरेन्द्र महर्जनले नेपाली फिल्म क्षेत्रमा लगानी गर्न अब सोच्नु पर्ने अबस्था आएको बताएका छन् । ठुलो आश र भरोसा लिएर हेटौंडामा सुबिधा सम्पन्न सिनेमा हल निर्माण गरेको तर दर्शकहरुको आगमन शून्य भएपछि अब फिल्म निर्माणमा गहिरो सोच आएको बताएका हुन् ।

हाल देशभर चलिरहेको फिल्म 'शिरिषको फूल'का निर्देशक निर्देशक डा. तोसिआकी इतोले नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् ।

एक सातामा दुई भन्दा बढि फिल्म रिलिज हुने क्रम अझै रोकिएको छैन । फिल्म धमाधम एकआपसमा भिडिरहेका छन् भने निर्माता व्यवसायिक असफलताले पुर्पुरो समातेर लडिरहेका छन् ।

