भिमदत्त सुटिङमा व्यस्त अभिनेत्री निशा अधिकारी सामाजिक सञ्जाल फेसबुकमा पनि सक्रिया छिन् । मिसन पैसा डेव्यु यि बाला हिरोईनले आफ्नो फेसबुक वालमा आर्मीको हेलिकप्टर चलाएको तस्बिर अपलोड गरेकी छिन् ।
.jpg)
हेलिप्याडमा खिचाइएको तस्बिर अपलोड गर्दै निशाले आफ्नो फेसबुक वालमा लेखेकी छिन्, 'डडेलधुराको आर्मी क्याम्पदेखी कोहलपुर सम्मका पाँच तस्बिर ।' निशाले फेसबुकमा अपलोड गरेको तस्बिर फिल्म भिमदत्तको लागी हो ? भन्ने प्रश्नमा निर्माता नवल खड्का बोल्न चाहेनन् । फिल्मीखबरसँग उनले छोटो जवाफ दिए- 'सुटिङ भैरहेको स्थलमा कर्णेल साथीहरु हेलिकप्टर लिएर भेट्न आउनु भएको थियो । कुरा त्यती मात्र हो ।'

सुदुरपश्चिममा क्षेत्रको छायाँकन पश्चात भिमदत्त युनिट काठमाण्डौ फर्कने यात्रामा छ । धनगढी, कैलाली, डडेलधुरा लगायतका जिल्लाको २४ दिने छायाँकन पश्चात नवल खड्का नेतृत्वको युनिट असार २३ मा राजधानी ब्याक भएको हो । राजनितिज्ञ भिमदत्त पन्तको जीवनीलाई खिचिएको फिल्म 'भिमदत्त' हिमग्याप टासीको निर्देशनमा निर्माण हुँदैछ । पर्दाका भिमदत्त (नवल खड्का) निर्माता रहेको फिल्ममा निशा अधिकारी, सुमिना घिमिरे लगायत छन् ।

सगरमाथा उक्लिएको एक महिना नबित्दै निशाले भिमदत्तको सुटिङ सुरु गरेकी हुन् । फिल्ममा उनी एक अनुसन्धानकर्ताको भुमिकामा छिन् । प्रदर्शनरत फिल्म लभ फरेभरकी अभिनेत्री सुमिना घिमिरे भने पर्दामा नवल खड्काको अपोजिटमा छिन् । मणी थापाको कथामा विष्णु कल्पितको सिनेम्याटोग्राफी छ । फिल्मको पचास प्रतिशत सुट बाँकी रहेको नवलको भनाई छ । भिमदत्तको भोलीबाटै काठमाण्डौमा इनडोर सुटिङ सुरु गरिनेछ ।

