Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

`डफर्स`मा थ्री इडिएट्सको कथा (टिजर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/07/07

नेपालका थ्री ईडिएट्स पैसाको लागि भागदौड गरेका छन् । 'डफर्स' नाम दिईएको फिल्ममा थ्री ईडिएट्सको रूपमा रहेका मुकेश आचार्य, बिक्रम आदित्य शाह र युवराज अधिकारीलाई मुख्य पात्र बनाईएको छ ।

 

अनन्नय सिने मेकर्सको व्यानरमा निश्चल पौडेलले निर्देशन गरेको कमेडी 'डफर्स'लाई उमेश घोराशैनी, निर्जल पौड्याल, प्रदीप पुरी, प्रभाकर पुडाशैनी लगायतले मिलेर निर्माण गरेका हुन् । फिल्मका प्रस्तुतकर्ता भने मणिराम पौड्याल हुन् । काठमाण्डौ र चितवनमा सुटिङ गरिएको यो फिल्मको रिलिज डेट तय गरिएको छैन । टिजर भने आज सार्वजनिक गरियो ।

 

निर्देशक निश्चल र निर्माता उमेशले मिलेर 'डफर्स'को कथा तयार पारेका हुन् । फिल्ममा दि एक्स ब्याण्डको संगीत, मनोज कुमार पन्तको छायाँकन तथा रोशन लामिछानेको सम्पादन रहेको छ ।