Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पास भएन मोरवैताको ७० लाखको बजेट

फिल्मीखबर, काठमाण्डौ, 2013/07/08

अध्यक्ष धर्मेन्द्र मोरवैताको आर्थिक वर्षको ०७० लाख बजेटलाई वोर्ड बैठकले अस्विकार गरिदिएको छ । असार २४ मा चावहिल स्थित वोर्डको कार्यालयमा बसेको बोर्ड बैठकले अध्यक्ष मोरवैताको सत्तरी लाखको बार्षिक बजेट नियम तथा कार्य संगत हुनुपर्ने भन्दै पास हुनबाट रोकेको हो ।

 

बक्स अफिस र काठमाण्डौमा रहेका फिल्म हलको प्राविधिक स्तर उन्नतीको लागी उक्त रकम निकासा गर्नुपर्ने भन्दै अध्यक्ष मोरवैताले बोर्ड बैठकमा प्रस्तुत गरेका थिए । तर बोर्डका सबैजसो सदस्यले रकम पास गर्न नमिल्ने कुरामा जोड दिएपछि करिब दुई घण्टाको बोर्ड बैठक बिना निष्कर्श टुंगिएको थियो । विकास वोर्डको बैठकमा सदस्य सचिव फणिन्द्र गौतम सहित सदस्यहरू विकास आचार्य, निलहरी काफ्ले, रामा मण्डल, बोर्ड प्रवक्ता अनुपम नेपाल, सिताराम रेग्मी लगायत उपस्थित थिए ।

 

सत्तरी लाखको बजेटलाई आजको बोर्ड बैठकले पास नगरेपछि धर्मेन्द्र अर्को बैठकमा उक्त बजेट पास गराउने सुरमा छन् । 'आज सदस्यहरूले मैले निकासा गर्न खोजेको बजेटलाई मिटिङमा पास गर्न दिनुभएन । अब अर्को मिटिङमा मान्नु हुन्छ भन्ने आश छ,' मोरवैताले भने । साउन १ गतेबाट बक्स अफिस, हल तथा फिल्म वर्गीकरणको नीति लागु गर्नमा भने विकास वोर्ड प्रतिवद्ध रहेको अध्यक्ष मोरवैताको भनाई छ ।