
डिभोर्स भएको एक बर्ष पश्चात पनि अञ्जु पन्तको मुहारमा खुशी आउन सकेको छैन । यो एक बर्षको अवधिमा उनले आफ्नो सांगितिक हाईटलाई पनि केही मात्रामा गुमाउनु पर्यो । डिभोर्स भए पश्चात अञ्जुको ब्यस्ततामा पनि केही सुस्तता छाएको छ ।

स्वर्गिय निर्देशक हिरा सिंह खत्रीको नाममा गुठी स्थापना गरी निर्देशक चेतन कार्कीले खडा गरेको हिरा सिंह खत्री स्मृति चलचित्र सम्मान एवं पुरस्कार बरिष्ठ निर्देशक प्रताप सुब्बालाई प्रदान गरिने भएको छ ।

सत्र बर्ष अघि छोरी कवितालाई जन्म दिने समयमा ६५ केजी सम्मको तौल बनाएकी करिश्माले आगामी दिनमा ५० केजी भन्दा बढी तौल नबनाउने बताएकी छिन् ।

'सायद' का दुई प्रोटागोनिस्ट संयम पुरी र विल्सनविक्रम राई दुर्गिश फिल्मसको अनटाइटल प्रोजेक्टमा अनुबन्धित भएका छन् ।

सरकार र राष्ट्रपतिबीचको अध्यादेश विवादमा फिल्म क्षेत्र फस्ने खतरा देखिएको छ । चलचित्र विकास बोर्डले बहुचर्चित चलचित्र ऐन अध्यादेशबाट लागु गर्न कसरत थालेको छ । यसका लागि दवाव दिन बोर्ड अध्यक्ष गणेश भण्डारीसहित सदस्यले प्रधानमन्त्री बाबुराम भट्टराईलाई उनको सरकारी निवासमा आइतबार भेट्दैछन् । प्रधानमन्त्रीले सो अवसरमा प्रस्तावित फिल्म विधेयक अध्ययन गर्नेछन् ।

फिल्मको अंकगणितलाई अर्को राहत दिन 'किन लाग्छ माया' ले बाहुला माथि सारेको छ । अनौपचारिक आंकडा अनुसार फिल्मले पहिलो साता खुशि लाग्दो पिकअप गरेको छ र सीआरबीटी डाउनलोडमा पनि उल्लेख्य उन्नती ।