Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

आर्यन र निताको व्यस्तताले सेलायो दबाब

फिल्मीखबर, काठमाण्डौ, 2013/07/08

अभिनेता आर्यन सिग्देल र अभिनेत्री निता ढङ्गाना अभिनित फिल्म दबाब यही साता प्रदर्शनबाट आउँदैछ । सुटिङ ताका राम्रै चर्चा कमाएको दबाब प्रदर्शनको मुखमा आएर भने सेलाएको छ ।

 

फिल्मका मुख्य पात्र आर्यन र निता फिल्म रिलिजलाई लिएर कुनै मिडियामा देखिएका छैनन् । अभिनेता सिग्देल निर्देशक सुदर्शन थापाको फिल्म 'मधुमास'मा व्यस्त छन् भने निता कमेडियनको फिल्म 'छ एकान छ'मा । आर्यन र निताको ठाउँमा निर्देशक दयाराम दाहाल भने प्रचारको दौडधुपमा छन् । दबाबका मुख्य कलाकारले प्रचारमा समय दिन नसकेपछि फिल्मका निर्माता भानु महर्जन यतिखेर तनावमा छन् ।

 

फिल्म रिलिजको लागी हल व्यवस्थापनम व्यस्त निर्माता महर्जन भन्छन्- 'आफ्नो फिल्मको प्रचारमा कलाकारले समय निकाल्नु पर्ने हो तर उहाँहरु यही बेला व्यस्त हुनु भएछ ।' कलाकारको समय अभावकै कारण फिल्म बारे कुनै पनि कार्यक्रम नराखिने निर्माता महर्जनले बताए । यही असार २८ गते अल नेपाल प्रदर्शनमा आउने फिल्म दबाब अर्यानको गाला रातै गर्लसँगको प्रेमकथा तथा फाइटका दृश्यलाई देख्न सकिनेछ । कलाकारले प्रचारमा गरेको कन्जुस्याईंले फिल्मको विजनेसमा कस्तो असर पर्छ ? रिलिज पछिको रिपोर्टले देखाउनेछ ।