लामो समयदेखि रंग पत्रकारितामा आबद्ध सञ्चारकर्मी बिदुर खतिवडा पनि निर्देशक बनेका छन् । सञ्चारकर्मीहरू निर्देशक बन्ने लहरमा बिदुरले पनि म्युजिक भिडियोबाट निर्देशन यात्रा शुरू गरेका हुन् ।
केहि समय अगाडी बिदुरले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले आफ्नो पहिलो भिडियोमा नायक तथा गायक बाबु बोगटी र नायिका रिमा बिश्वकर्मासँगै मोहन गजुरेल, आशिष भट्टराईलाई नचाएका छन् । बाबु बोगटीको शब्द तथा संगीतमा दिपक गौतमले गाएको 'भुलेर पनि तिमीसँग अब बोल्दिन म...' बोलको गीतलाई भिडियोमा उतारेका बिदुरले म्युजिक भिडियोसँगै फिल्म निर्देशनमा पनि इच्छा रहेको बताए ।
कान्तिपुर साप्ताहिकमै काम गर्दै आएका अर्का सञ्चारकर्मी सुब्रत आचार्यले भने थुप्रै म्युजिक भिडियो निर्देशन र अभिनय पश्चात 'अधकट्टी' फिल्म निर्देशन गर्दैछन् । उनले भाद्र महिनाबाट फिल्मको सुटिङ शुरू हुने बताएका छन् ।

