Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

खराब बजार भन्दै फिटकिरी ब्याक

फिल्मीखबर, काठमाण्डौ, 2013/07/09

नेपाली फिल्मको वर्तमान बजार र सम्पादनमा भएको ढिलाइलाई कारण देखाउँदै फिटकिरीको प्रदर्शन मिति साउन ११ बाट धकेलिएको छ । रंगकर्मी अनुप बरालको पहिलो निर्देशकिय फिचर फिल्म फिटकिरीलाई दर्शकले वर्ष ०७०को अन्त्यतिर मात्रै हेर्ने पाउनेछन् ।

 

फिटकिरी प्रदर्शन मिति स्थगन गरिएको जानकारी दिदै निर्माता अर्जुन कुमारले फिल्मखबर समक्ष भने- 'हलमा रिलिज हुने हरेक फिल्मलाई सी ग्रेडका फिल्मसँग दाँजियो । खराब बजारमा राम्रो सामान बेचेर राम्रो मूल्य नआउने देखेर फिलमको रिलिज पोस्टपोन्ड गरिएको हो ।' निर्माता अर्जुन र सुमित मैनालीको सहकार्यमा फिल्म फिटकिरी निर्माण भएको हो ।


नेपाल रिलिज स्थगन गरिएपनि फिटकिरीको ओभरसिज रिलिज भने द्रुत गतिमा हुने निर्माता अर्जुन बताउँछन् । फिटकिरी भाद्र महिना शुरू भए लग्गत्तै मलेसिया, कतार, कोरिया, जापान, न्यूजल्यान्ड, हङकङ, लण्डन, इजरायल लगायतका देशमा प्रदर्शन गरिनेछ । ओभरसिज रिलिज बारे चपली हाईटबाट नाफा हात पारेका निर्माता अर्जुन भन्छन्- 'फिल्मको आधा लगानी विदेश रिलिजबाट उठाउने लक्ष्य छ । फिल्म राम्रो बनेको छ, हरेक देशका दर्शकले रुचाउने विश्वास लिएको छु ।'

 

अर्जुनले अपकमिङ प्रोजेक्ट फाटेको जुत्ताको भने दशै पछि सुटिङ सुरु हुने बताए । निर्माता पोखरेलले उत्कृष्ट एकलाई १ लाख इनाम दिने गरी फाटेको जुत्ताको स्क्रिप्ट लेखन प्रतियोगीता घोषणा गरेका छन् । सौगात मल्ल र दिया मास्के लिड रोलमा प्रस्तुत भएको फिटकिरीले काठमाण्डौमा हुने समुहगत फाईट र त्यस्को अनुसन्धानको कथा बोल्नेछ । फिटकिरीमा पुरुषोत्तम प्रधानको क्यामेरामा निर्देशक निश्चल बस्नेत पनि छोटो भुमिकामा कैद भएका छन् । फिल्मको लगानी ८० लाख सम्म पुग्ने निर्माण युनिटको दाबी छ ।