निर्देशक सिमोस सुनुवारसँग च्यालेञ्ज लफडा मिलाए पछि अभिनेता रेश मरठ्ठा हरेक शनिबार जसो झम्सीखेल सडकमा देखिन थालेका छन् । त्यहाँ देखिनेमा रेश एक्लो होइनन्, उनको साथमा दर्जन माथि युवा र्यापर र सय भन्दा दर्शक हुने गर्छन् ।
अमेरिका र युरोपमा प्रख्यात मानिने र्याप ब्याटलको प्रचारमा रेश लागी परेका छन् । विश्व प्रख्यात र्यापरको ५० जना भित्रको अमेरिकी तालिकामा अटाएका र्यापर यामा बुद्धले नेपालका मुख्य शरहका युवालाई केन्द्रित गरेर नेपाली र्याप ब्याटलको सुरुवात गरेका हुन् । लण्डनमा अध्ययन गरेका र्यापर बुद्धले रेशको फिल्म च्यालेञ्जको ओएसटीमा समेत स्वर रेकर्ड गराएका छन् ।
नेपाली र्याप ब्याटलमा विशेषतः काठमाण्डौ, धरान, पोखरा लगायत शहरका युवा सहभागी छन् । हजार्रौ युवाको सहभागिता रहेको उक्त र्याप ब्याटलमा अभिनेता रेश नेपाल सल्लाहकार एवम् प्रचारक हुन् । १९८० बाट अमेरिकमा ख्याती कमाएको र्याप ब्याटलले नेपाली संगीत र फिल्म लाईनमा युवा पुस्ताको ध्यान केन्द्रित गर्न सहयोग गर्ने रेशको धारणा छ । रेश भन्छन्- 'नेपाली संस्कृती र परम्परालाई साथ लिएर अगाडी बढे कुनै समय र्याप ब्याटल नेपालमा पनि प्रख्यात हुनेछ । जस्को प्रत्यक्ष फाईदा नेपाली संगीत र फिल्म क्षेत्रलाई हुनेछ ।'

फिल्मीखबरसँगको कुराकानीमा अभिनेता मरठ्ठाले फिल्म च्यालेञ्जको सम्पादन कार्य भैरहेको जानकारी दिए । च्यालेञ्जको नेपाल रिलिज भने निर्माता छविराज ओझा र वितरक हरी बरालको सल्लाहमा टुङ्गो लाग्ने उनले बताए । रेश अभिनित च्यालेञ्जसँगै इलाभेन स्ट्रीट, मेरो बेस्ट फ्रेण्ड, मिसन पैसा रिलोडेड प्रदर्शनको पर्खाईमा छन् । नेपालमा र्याप ब्याटलको प्रचारमा जुटेका रेशले केही महिना अन्य प्रोजेक्टमा आवद्ध नहुने बताए ।

