
सपना सबैका हुन्छन् तर सबैको सपना पुरा हुँदैनन् । नेपाली फिल्म नेपथ्य पनि यस्तै सपना देख्ने चरित्रहरुको कथा हो । सपना पुरा गर्नका लागी मान्छेले कस्ता-कस्ता आरोह अवरोहहरु भोग्नुपर्छ भन्ने विषयलाई नै मुख्य कथाबस्तु बनाएको फिल्म नेपथ्यले शुक्रबार फस्ट लुक पोस्टर सहित प्रोमो रिलिज गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय चलचित्र नीति बनाउनका लागि एक समिति गठन गरेको छ ।

डिष्ट्रीब्यटरले कर्कश फिल्म फिक्समा मागेपछि डाईरेक्टर आशिफ साह सहित उनको टिम दोधारमा परेको छ । नम्बर वान डिष्ट्रीब्यूटरको रुपमा चिनिएका नरेन्द्र महर्जनले अचानक कर्कश हेरे पश्चात यो निर्णय गर्दा कर्कश टिम हर्ष र विस्मतको दोधारमा परेको हो ।

नयाँ बर्ष २०७० शुरुवातसंगै नेपाली फिल्ममा केहि आशा गरिएको थियो । बर्ष २०६९ मा धेरै फिल्म रिलिज भएपनि लगानी उठाउन करिव १ दर्जन फिल्महरुमात्र सफल भए । नयाँ बर्षमा भने फिल्मले राम्रो गरोस् भन्ने सबैको कामना थियो तर शुरूवाती दिन भने सोचे अनुरूपको भएन ।

फिल्म डेभलपमेन्ट बोर्डको सल्लाहकार समितिको सभापतिमा अशोक शर्मालाई चयन गरिएको छ ।

बिहे हुन अझै २ महिना बाँकि छ तर हिरो यशराज गरच भने अलि हतारिएको देखिन्छन् । बिहिबार फिल्म साँघुरो प्रिमियरमा हुनेवाली जीवनसंगिनी अञ्जना मिश्रलाई उपस्थित भएका हिरोले बिहे गर्न हतार भएको छनक देखाएका हुन् ।

