
नेपाली फिल्म `हाइवे` का निर्माता निर्देशक र कलाकारहरुको टोली प्रचारप्रसार स्वरुप पोखरा आईपुगेको छ ।

एभिन्यूज टेलिभिजनमा न्यूज रिडरको जागिरे भएको केही महिना पश्चात जीवन लुईंटेल एक्कासी फिल्मको हिरोको रुपमा देखा परे । सुरुमा भिडियो फिल्म तिर्खाबाट रजतपट टेकेका उनले विकास आचार्यको डेब्यू फिल्म नसिव आफ्नोबाट सोलो हिरोको ट्याग भिरे ।

मायाज बारका अन्य कलाकारलाई प्राय मिडियाले भटिरहेको हुन्थयो तर बोल्ड भ्वाईसकी धनी आस्था राउतको उपस्थिति भने मडियाले निकै कम देख्ने गरेको थियो । तर मायाज बारको म्यूजिक लन्चमा ढिला गरी आएकी आस्थालाई मिडियाले घेरेपछि उनी केही बेर आत्तिएकी पनि थिईन् ।

पार्श्व गायनमा अब्बल मानिएका गायक राजेश पायल राईले केही दिन अघि ट्वीटरमा ट्वीट गर्दै लेखेका थिए 'मायाज बारको गीत हिट नभए एक बर्ष कुनै पनि फिल्ममा पार्श्व गायन गर्ने छैन ।' जुन ट्वीटमा उनका हजारौ फ्यानहरुले विभिन्न प्रतिक्रिया पनि दिए ।

चलचित्र पत्रकार संघ बाँके आज नेपालगञ्जमा गठन गरिएको छ । आज बसेको बैठकले बिष्णु शाहीको अध्यक्षतामा ११ सदस्यीय चलचित्र समिति गठन गरेको हो ।

कस्ले चोर्यो मेरो मन डेब्यू निर्देशक सबिर श्रेष्ठले आफ्नो फिल्ममा कलाकारको टाउको हेरेर काम नगराएको बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै सबिरले फिल्ममा टाउको नभएर कथा र त्यसभित्रको पात्रले निभाउने भुमिका चल्ने बताए ।