Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यसरी हुँदैछ हिरोको बिहे तयारी

फिल्मीखबर, काठमाण्डौ, 2013/07/08

हिरो यशराज गरचले यही असार ३० गते काठमाडौकी स्थायी अञ्जना मिश्रसँग लगन गाँठो कस्दैछन् । स्वर डेव्यु कलाकार यशराजको सुकेधारा बस्तीबाट असार ३० गते बिहान पौने आठ बजे एक सय जना भन्दा बढी जन्तीको टोली मैतिदेवीस्थित अन्नपूर्ण क्याट्रीनमा पुग्नेछ ।

 

हिन्दु परम्परा अनुसार गरिने विवाहमा यशराजले ढाकाको टोपी र दौरा सुरुवाल लगाउनेछन् । विवाहको अन्तिम तयारीमा जुटेका यशराज विवाहलाई लिएर भन्छन्- 'यो विवाहको स्क्रिप्ट लेख्ने देखी निर्देशन गर्ने सम्म म नै हुँ । विवाहको निर्देशन गर्न गाह्रो हुने रै'छ ।' स्थायी घर विराटनगर भएका यशराजको सुकेधारा बस्तीमा विवाहको अघिल्लो रात आफन्त र नजिकका साथीको जमघट हुनेछ । जुन जमघटले २८ वर्षिय यशराजको विवाह सम्पन्न गर्नेछ ।

 

पछिल्लो पटक मायाको बारी, माई लाईफ फिल्म मार्फत दर्शक माझ देखिएका एशराजले फिल्मी व्यक्तित्वलाई भने श्रावण २ गते निमन्त्रणा दिएका छन् । दुलाहा गरच भन्छन्- 'तीन सय नजिक फिल्मकर्मीलाई विवाह भोजको कार्ड बाँडेको छु । समय मिलेसम्म भोजमा सबैले आउने वाचन दिनु भएको छ ।' यशराजकी हुनेवाली जीवनसंघिनी तथा अहिलेकी प्रेमिका अञ्जना नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत छिन् ।

 

 

श्रावण २ गतेको नक्सालस्थित स्टार भेन्यू पार्टी प्यालेसका मुख्य आकर्षक अभिनेता राजेश हमाल, आर्यन सिग्देल, केकी अधिकारी, निर शाह लगायतका चर्चित कलाकारहरू हुनेछन् । बिहे भोज साँझको हो । यशराजका सन्त्रास, नागवेली र ऐतिहासिक कथा बोकेको किर्तिपुर रिलिजको पर्खाइमा छन् ।