Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिव रेग्मीको दुवै किड्नी फेल

फिल्मीखबर, काठमाण्डौ, 2013/07/10

दुई दशक भन्दा बढीको फिल्म निर्देशकिय करिअरमा झन्डै ८० प्रतिशत हिट फिल्म दिएका निर्देशक शिव रेग्मीका २ वटै किड्नी फेल भएको छ । निर्देशक रेग्मीका नजिकका निर्माता केशव भट्टराईले फिल्मीखबरलाई दिएको जानकारी अनुसार शिवका आफ्नै भाईले एउटा किड्नी दिने भएका छन् ।

 

विगत ६ महिना देखी चावाहिल स्थित ओम हस्पिटलमा नियमित परिक्षणमा रहेका निर्देशक रेग्मीको सम्भवतः यसै साता किड्नी प्रत्यारोपण गरिनेछ । निर्देशक रेग्मीको अहिले डाइग्नोसिस प्रकृया चलिरहेको छ । गत महिना मात्र उनको ॐ हस्पिटमा १८ दिनसम्म उपचार गरिएको थियो । स्वास्थ्यमा केहि सुधार आएपश्चात डिस्चार्ज भएका शिब अहिले घरमा रेस्टमा छन् । उनको चेकअप भने भईरहेको छ ।

 

गत दशैंमा सो सिम्पल लिएर आएका निर्देशक रेग्मी नेपाली रजतपटमा हिट निर्देशकमा काउन्ट हुन्छन् । स्क्रिप्ट देखी गीत लेखनमा समेत कलम चलाएका निर्देशक रेग्मीले नेपाली दर्शकलाई आफन्त, ए मेरो हजुर, सुख दुःख, आफ्नो मान्छे, हामी तीन भाई, कहाँ भेटिएला जस्ता हिट फिल्म दिएका छन् । पाँच दशकको उमेरमा पुगेका निर्देशक रेग्मीका पछिल्ला फिल्म भने त्यती चल्न सकेनन् ।

 

निर्देशक रेग्मी निर्देशित फिल्म साथी म तिम्रोले ठिकैको व्यापार गरेपनि सो सिम्पल र हाँसीदेउ एक फेर व्यापारिक रुपमा असफल सावित भए । नेपाली रजतपटलाई धेरै हिट र कम फ्लप फिल्म दिएका निर्देशक रेग्मी प्रति फिल्मीखबर परिवार स्वास्थ्य लाभको कामना गर्दछ ।