Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हर्षिकाले फालिन् पित्त थैली

फिल्मीखबर, काठमाण्डौ, 2013/07/09

दश मिलिमिटरको पत्थरी देखिएपछि नायिका हर्षिका श्रेष्ठको पित्त थैली फ्याकिएको छ । एक वर्ष देखी पत्थरीको समस्या झेल्दै आएकी हर्षिकाको गत बुधबार बुद्धनगर स्थित ह्याम्स हस्पिटलमा पित्त थैली फ्याकिएको हो ।

 

 

एक साताको हस्पिटल बसाइँ पछि 'अंगालो यो माया' डेव्यु नायिका भक्तपुरस्थित आफन्तको घरमा फर्किएकी छिन् । घाउको टाँका असार २६ मा खोलिने हर्षिकाले बताईन् । फिल्मीखबरसँग कुरा गर्दै कर्कश हिरोइनले भनिन्- 'डाक्टरले दुई साता आराम गर्ने सल्लाह दिनु भएको छ ।'

 


मिस्टेक फिल्मको सुटिङ सकाएकी हर्षिकाले अहिले कुनै पनि फिल्म साइन गरेकी छैनन् । भन्छिन्- 'सुटिङ्मा फर्कन केही महिना लाग्नेछ ।' हर्षिका अभिनित मिस्टेक सहित जंजीर, नागबेली, नतिजा प्रदर्शनको पर्खाइमा छन् । रजतपटमा सफलता चुम्ने दौरानमा रहेकी हर्षिकालाई फिल्मीखबरको तर्फबाट स्वास्थ्य लाभको कामना !