Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आमाको कुण्ठा बुझ्दैन छोराले !

फिल्मीखबर, काठमाण्डौ, 2013/07/09

एउटी आमाले आफ्नो सन्तानको लागी कति सम्म त्याग र संघर्ष गर्छिन् ? तर, सन्तानले आमाको त्याग र संघर्षको व्यथा बुझ्ला ? सामाजिक कथानक फिल्म 'कुण्ठा' मार्फत दर्शकले यी दुई प्रश्नको उत्तर पाउनेछन् ।

 

 

आमा र छोरा बिचको द्धन्द्धलाई मुख्य रुपमा उठाइएको फिल्म 'कुण्ठा'मा अभिनेत्री मौसमी मल्ल मुख्य रोलमा प्रस्तुत भएकी छिन् । फिल्ममा उनले आफ्नो छोरालाई बालुवा र गिटी कुटेर हुर्काएकी छिन् । क्यान्सर युक्त आमाको संघर्ष र त्यागबाट हुर्किएको त्यही छोरो कुलतमा फस्छ र सुरु हुन्छ आमा र छोरा बिचको द्धन्द्ध । अनुप गिरीको निर्देशन एवम् सम्पादनमा निर्माण भएको फिल्म 'कुण्ठा'मा रोविन पोखरेल अभिनेत्री मल्लको छोराको रुपमा प्रस्तुत भएका छन् ।

 


रिलिज डेट फाइनल नगरिएको फिल्म 'कुण्ठा'को दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा एक प्रेस समारोह आयोजना गरिएको थियो । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई लगायत अतिथि रहेको कार्यक्रममा फिल्मको प्रोमो, पोस्टर एवम् गीत रिलिज गरियो । निर्देशक गिरी, अभिनेत्री मल्ल र अतिथि राजकुमार राई सहितको टोलीले फिल्मको अडियो एवम् पोष्टर सार्वजनिक गरेका थिए ।

 

 

फिल्मको फस्ट लुक सार्वजनिक कार्यक्रममा निर्देशक गिरीले भने- 'कुण्ठा सरल कथा वस्तुमा निर्माण भएको फिल्म हो । त्यसकारण हाम्रो फिल्म प्रतिको अपेक्षा पनि सरल नै छ ।' किरण माइकलको लेखन रहेको कुण्ठामा पाँच गीत समावेश छन् । लेखक माइकल नै संगीतकार रहेको फिल्मको गीतमा श्रेया शोताङ्ग, शिव नेपाली, विनोद ढकाल, हर्कुलश वस्नेत र माईकल स्वयमको स्वरलाई सुन्न सकिनेछ ।

 

 

साईन इन्टरटेन्मेन्ट (बोधराज पोखरेल) को प्रस्तुती रहेको फिल्ममा निरज कँडेलको क्यामेरा एवम् हिमाल श्रेष्ठको सहायक निर्देशन छ । फिल्ममा मौसमी मल्ल र रोविन पोखरेल सहित सुरज केसी, सुवास गजुरेल, गणेश सापकोटा, अमृतांस महजु घिमिरे लगायतको अभिनय छ ।