बिबाह नगरेका कारण अभिनेता राजेश हमाल जति चर्चामा छन् गायक राजेश पायल राई पनि गायनसँगै अबिबाहितका कारण चर्चामा छन् । प्राय: यि दुई राजेश एकसाथ भेटिने बित्तिकै सञ्चारकर्मीको पहिलो प्रश्न नै बिबाहको बिषयमा हुन्छ ।
मंगलबार एक सार्वजनिक कार्यक्रममा एकसाथ उपस्थित भएका यि दुई राजेशलाई फिल्मीखबरले प्रश्न तेर्स्यायो, तपाईं दुई मध्ये पहिला कस्को बिबाह होला ? अभिनेता हमालले हाँस्दै भने- 'म त फसिसकें राजेश जीलाई भने नफस्न सल्लाह दिन्छु ।' मधु भट्टराईसँगको प्रेममा परेका हमालले आफू वान वेमा परेको भन्दै राईलाई सकेसम्म फर्कने मिल्ने खालको टु वेमा हिड्ने सल्लाह दिए ।
'हेर्नुस् म त अब चाहेर पनि अर्को बाटो रोज्न सक्दिन', राजेशले यस्तो भनिरहँदा यो प्रस्ट हुन्छ कि, उनी मधुसँग गहिरो प्रेममा छन् । यहि बर्ष भित्रमा बिहे गर्ने तयारी गरेका हमालले छड्के पारामा गायक राईलाई भने प्रेममा नपर्न सल्लाह दिएको बुझ्न सकिन्छ ।

हमालको सल्लाहलाई ध्यानमा राख्दै गायक राईले पनि हाँस्दै भने- 'अब राजेश दाईले नै यस्तो सल्लाह दिएपछि मैले कसरी नाई भन्नु ?' उनले थपे- 'राजेश दाईले बिहे नगरेसम्म म कुनैपनि वेमा हिड्ने छैन ।' बिबाह भन्ने बित्तिकै तर्कन खोज्ने यि दुई राजेशले कहिले बिहे गर्लान् त ? सबैको पर्खाईको बिषय रहेको छ ।

