Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रोड्यूसर पनि पोस्टपोण्ड

फिल्मीखबर, काठमाण्डौ, 2013/07/10

भाद्र १४ गतेका लागि रिलिज मिति तय गरिएको फिल्म 'प्रोड्यूसर' उक्त मितिमा रिलिज नहुने भएको छ । डिपिएक्स फाईल नै उडेपछि रिलिज पोस्टपोण्ड गर्नु परेको निर्माता ज्योतीराज राईले फिल्मीखबरलाई जानकारी गराए ।

 

'रिलिजको तयारी गरेका थियौं तर अचानक हार्ड डिक्समा रहेको डिपिएक्स फाईल क्र्यास उड्यो । बल्ल बल्ल रिकभर त गर्‍यौं तर रिलिज भने समयमा गर्न नसकिने भईयो,' निर्माता राईले भने- 'अब उपयुक्त समय हेरेर रिलिज मिति तय गर्नेछौं ।' फाईल उडेपछि झण्डै दुई महिना समय बर्बाद भएको राई बताउँछन् ।

 

नेपाली फिल्म क्षेत्रमा निर्माताहरूको दुर्दशालाई मुख्य आधार मानेर निर्माण गरिएको फिल्म 'प्रोड्यूसर'मा मुख्यत: चार जना युवाहरू (निर्देशक, निर्माता, नायक र प्रोडक्सन म्यानेजर)ले फिल्ममा गर्नुपरेको संघर्षलाई उतारिएको छ । निर्देशक जनकदीप पराजुलीले नेपाली फिल्म निर्माणमा आउने उतारचढावलाई 'प्रोड्यूसर'मा व्यङ्गात्मक रूपले प्रस्तुत गरेको बताए ।

 

आरसी पिक्चर्स र द मिडियाज कलेक्शनको संयुक्त लगानीमा तयार भएको यो फिल्ममा बाबु बोगटी, श्याम अर्याल, विल्सन विक्रम राई, श्वेता भट्टराई, श्याम राई र नवप्रस्तुतीको रूपमा पायल रायमाझीले अभिनय गरेका छन् । फिल्ममा सागर प्रधानको छायांकन, किरण माइकलको लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन, राहुल प्रधान, सुरेश राई, किरण माइकलको संगीत तथा प्रज्वललित पराजुलीको सम्पादन रहेको छ ।

 

बर्तमान बजारको अवस्था खराब रहेको भन्दै 'फिटकिरी' फिल्मले साउन महिनाको रिलिज डेटलाई छोडेको छ भने भाद्र ७ गते रिलिज हुने भनिएको फिल्म 'सरी ल' पनि उक्त मितिमा रिलिज नहुने सम्भावना निर्माण युनिटले देखाएको छ ।