
सुटिङ्ग सुरु भएको आठौ दिनका दिन आज लोफर सुटिङ्ग सेट जोईन गरेका छन् आर्यनले ।

म्युजिक भिडियोमा खासै देखिन मन नगर्ने जीवन लुईटेल पछि आफूलाई व्यस्त राख्न फाट्टफुट्ट म्युजिक भिडियोमा देखिन थालेका छन् ।

अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित भएका राजकुमार राईले नौँ बुँदे योजना सार्वजनिक गरेका छन् । आज प्रोड्यूसर एसोसिएसनकै कार्यालयमा उनले प्रेस मिट गरी आउँदो तीन महिना भित्र घोषित योजना लागु गर्ने प्रतिबद्धता सहित उक्त योजना सार्वजनिक गरेका हुन् ।

लेखक, निर्देशक एवं कलाकार मोहन निरौललाई पितृ शोक परेको छ ।

यहि जेठ ३ गते रिलिज हुन लागेको फिल्म 'अन्तराल' युनिटले पब्लिसिटीलाई निकै व्यापकता दिएको छ । गत साता मात्रै देश दौडाह सकेर राजधानी फर्केको फिल्म निर्माण युनिटले आज आईतवारबाट काठमाण्डौमा कलेज क्याम्पियन शुरू गरेको छ ।

गत फाल्गुन महिनाबाट फिल्मको वर्गिकरण लागु गरेको चलचित्र विकास बोर्डले हल बर्गिकरण पनि लागु गर्ने बताएको छ । आईतवार बोर्डको सभा हलमा बोल्दै बोर्ड अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु'ले बिबादमा रहेको हल बर्गिकरणलाई आफूले जुनसुकै हालतमा पनि गरिछाड्ने बताएका हुन् ।

