Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

बिहे गरिन् रेखाले : फुलपातीमै काली आउने (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/07/10

फिल्मकर्मी भन्छन्- 'अभिनेत्री रेखा थापा, चर्चा, स्क्यान्डल र नेपाली फिल्म परिपुरक जस्तै हुन् ।' प्रायः समाचारको शिर्षक बनिरहने अभिनेत्री थापा अहिले भने वृक्ष 'वर'सँगको बिहेका कारण फिल्मीखबरको हेडलाईन बनेकी छिन् ।

 

निर्माता छविराज ओझासँग पती पत्नीको सम्बन्ध त्यागेकी रेखाले आज (असार २६) हाँडीगाउँ स्थित वृक्ष वरसँग लगनगाँठो कसेकी छन् । रेखाले वरसँगको विवाह यज्ञमा एघार जना बाहुनलाई पढाएकी थिइन् । बिहेको यज्ञ दिनभर जसो चलेको थियो । वरसँग रेखाको विहेमा कालीका नायक किशोर खतिवडा र प्रोडक्सन म्यानेजर किरण थापा लगायत उपस्थित थिए ।


बिहे बारे रेखाले भनिन्- 'म धर्ममा विश्वास गर्ने हिन्दु नारी हुँ । ज्योतिषको सल्लाह अनुसार यो सबै गरिएको हो ।' पहिलो बिहे त निर्माता छवि ओझासँग भैसकेको हैन र ? रेखाको जवाफ छ- 'त्यो बिहे भन्दा पनि एक खालको सम्झौता थियो । स्त्री र पुरुषसँगै बस्दैमा श्रीमान र श्रीमती नै भन्नु पर्छ जस्तो मलाई लाग्दैन ।' उसो भए बिहे चाहि कहिले गर्ने त ? रेखा भन्छिन्- 'भर्खर त वरसँग बिहे भएको छ । पुरुषसँग बिहे गर्न त अझै केही समय लाग्ला नि !'

 

 

 

 

 


फुलपातीमै रेखाको काली
रेखा थापाको पहिलो सोलो लगानी रहेको फिल्म काली आउँदो दशैंको फुलपातीबाट नेपालभर प्रदर्शनमा आउने भएको छ । वितरक तथा हलवालासँग भएको छलफलले कालीको रिलिज डेट असोज २५ लाई तोकेको हो । शविर श्रेष्ठ निर्देशित कालीको मोफसल वितरणको जिम्मा उज्जवल पौडेल र मनोज राठीले लिएका छन् भने राजधानीमा मदनमान बज्रचार्य, मदन शाक्य र गोपाल कायस्थको छ ।

 

फुलपातीकै दिन रेखाका पूर्व पती निर्माता छविराज ओझाको फिल्म लोफर पनि रिलिज हुँदैछ । यो लडाइँ भन्दा पनि संयोग हो', छविसँगको हल लडाइँ बारे रेखा भन्छिन्- 'काली टाईटल अनुसार दशैमा रिलिज गर्न लागिएको हो । यदि फिल्मको नाम लक्ष्मी हुन्थ्यो भने म तिहारमा रिलिज गर्थें ।' नारी प्रधान फिल्ममा रेखा र किशोर खतिवडा मुख्य रोलमा प्रस्तुत भएका छन् । फिल्ममा संगीत बसन्त सापकोटाको छ ।