नेपाली फिल्म बडीगार्ड मार्फत डेब्यु गरेका नायक आकाश शाह पुन: सक्रिय हुने बताएका छन् । केही समय अघि मुम्बाईबाट नेपाल फर्केका आकाश अब लामो समय नेपालमै बसोबास गरी नेपाली फिल्ममा ब्यस्त रहने बताएका हुन् ।
बडीगार्डबाट दर्शकहरुले आफुलाई अत्याधिक मन पराईदिएको र पुन: यो क्षेत्रमा सक्रिय हुने चासो आफुमा बढेको शाहको तर्क छ । मुम्बईमा धेरै सिपहरु सिकेर नेपालमा केही गर्छु भन्ने अठोटका साथ नेपाली रजतपटमा छाएका आकाश यतिबेला डेब्यु फिल्मका निर्माता शुसिल पोखरलकै अर्को फिल्म 'लालच'का लागि कुरा भैरहेको बताउँछन् । फुर्तिलो र गठिलो शरिर भएका यि हिरो बडीगार्डमा एक्सन भुमिकामा देखा परेका थिए ।
लामो समय मुम्बाईमा फिल्म सम्बन्धी अध्ययनका गरेका शाहले मुम्बाईको फिल्म राईटर एसोसियसनको सदस्य रहेर काम गरेको अनुभबलाई नेपालमा प्रयोग गर्न खोजेको बताए । यस्तै स्तरिय फिल्मको अभाव रहेको भन्दै आफूले त्यो अभावलाई केहि हदसम्म भएपनि पूरा गर्ने आकाश बताउँछन् । आफुले पहिलो पटक अभिनय गरेको बडीगार्ड भएको बताउँदै अब निरन्तर फिल्म क्षेत्रमा छाउने उनको भनाई छ ।
लामो समयदेखि मुम्बईमा बसेकाले सञ्चारकर्मी तथा फिल्मकर्मीहरूसँग आफ्नो सम्बन्ध गाढा बढाउन प्रयासरत रहेको जानकारी दिंदै शाहले आफ्ना कामका बारेमा जानकारी दिने एकजना सहायक पनि राख्ने बताए । केही समय पश्चात सहायकको माध्यमबाट आफ्ना क्रियाकलाप सार्वजनिक गर्ने योजना बनाएका शाह नेपालको फिल्म नगरीमा कत्तिको घुलमिल हुन सक्छन्, समयले बताउँदै जानेछ ।

