Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवादमा बक्स अफिस सर्भर

फिल्मीखबर, काठमाण्डौ, 2013/07/11

साउन १ गते घोषणा हुने भनिएको बक्स अफिस, फिल्म तथा हल वर्गीकरण नीति बक्स अफिस सर्भर कहाँ राख्ने भन्ने विवादमा अड्किएको छ । आज विकास वोर्ड कार्यालयमा संघसंस्था बिचको बैठकले पनि बक्स अफिस सर्भर राख्ने स्थान बारे सहमती जुटाउन सकेन ।

 

बक्स अफिस सर्भरलाई चलचित्र संघले आफ्नै कार्यालय विशालनगरमा राख्नु पर्ने माग गरेको छ भने चलचित्र निर्माता संघ लगायतका संस्थाले विकास वोर्डको कार्यालयमा राख्नु पर्ने जोड दिएका छन् । 'चलचित्र संघले सोमबारसम्म यस बारे निर्णय दिन्छु भनेको छ,' आजको बोर्ड बैठकमा सहभागी चलचित्र निर्माता संघका प्रवत्ता सुरेश दर्पण पोखरेल भन्छन्- 'चलचित्र संघ यस नीतिको विपक्षमा उभियो भने पनि बक्स अफिस, फिल्म तथा हल वर्गीकरण नीति लागु हुन्छ । नभए हामी आन्दोलन गर्छौ ।'

 

आजको बैठकमा वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैता, प्रवत्ता अनुपम निर्रौला, चलचित्र निर्माता संघबाट प्रवत्ता पोखरेल र सदस्य विरेन श्रेष्ठ, चलचित्र संघबाट मधुसुदन प्रधान र गोपाल कायस्थ, बक्स अफिस मोडेल तयार गर्ने समितिका सदस्य आकाश अधिकारी लगायत सहभागी थिए । विकास वोर्ड अध्यक्ष मोरवैताले साउन १ मै बक्स अफिस, फिल्म तथा हल वर्गीकरणको नीति लागु हुने बताएका छन् । नीति लागु नभएमा निर्माता संघ लगायतले आन्दोलनको चेतावनी दिएका छन् ।