Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वितरक भन्छन्- `फिल्म वितरणबाट आश मर्‍यो`

फिल्मीखबर, काठमाण्डौ, 2013/07/11

निर्माताको गुनासो छ, वितरकले फिल्मको व्यापारिक हिसाब बुझाएनन् । बुझाउनेको हिसाब पनि पारदर्शी छैन । यस्तै आरोप प्रत्यारोपले गर्दा फिल्म निर्माता र वितरक विच एक खालको द्धन्द्ध नै छ ।

 

 

फिल्मलाई हलसम्म पुर्याउन एजेन्टको भुमिका खेल्ने वितरक आफै चाहि व्यापारिक रुपमा कति सुरक्षित छन् त ? एउटा फिल्मको हल सेयरबाट १५ प्रतिशत कमिशन लिदै आएका वितरक सुनिल मानन्धर भन्छन्- 'वर्तमान बजारमा फिल्म वितरणबाट नाफा खाउँला भन्ने नसोचे हुन्छ । मैले दुई वर्षमा करोड माथिको घाटा निकालेको छु ।' वर्ष ०६८ मा ३७, ०६८ मा ३३ र ०७० असार सम्ममा ६ वटा फिल्म वितरण गरेका मानन्धर वितरण गर्न बाँकी फिल्मबाट पनि नाफा हुने आशामा छैनन् । २० फिल्म हातमा लिएर बसेका मानन्धर भन्छन्- 'फिल्म वितरण भनेको जुवा खेले सरह हो । जित र हार दुवैमा उठेर हिड्न नपाइने ।'

 


त्यस्तै वितरक नरेन्द्र महर्जन पनि फिल्म वितरणबाट कुनै नाफा नहुने तर्क गर्छन् । प्रदीप उदय र छविराज ओझासँग फिल्म वितरण कम्पनी खोलेका वितरक महर्जन भन्छन्- 'इनिसीयल हानेको फिल्म छड्केबाट नै ३० लाखको घाटा छ भने अन्य फिल्मबाट त नाफा हुने ठाउँ नै छैन ।' अबको फिल्म वितरणबाट चाहि नाफा हात पार्ने कत्तिको आशा गर्नुहुन्छ ? भन्ने प्रश्नमा वितरक महर्जन भन्छन्- 'यो वर्ष मेरो हातमा रहेका करिब पन्ध्र फिल्म वितरण गर्छु होला, जसमध्ये छविजीको लोफर बाहेक अरु कुनै फिल्मबाट पनि राम्रो आम्दानी हुने आशा छैन ।'

 


मोफसल वितरणमा केन्द्रित रहेको हरी बराल भन्छन्- 'मिल्ने भए यो पेशा नै छोडिदिन्थे । तर, छोड्नुको उपाय के त ?' गत वर्ष बरालद्धारा वितरित के म तिम्रो साथी बन्न सक्छु, फेसबुक, कलिउड, फुलस्टप, मेरो मनको साथी लगायत एक दर्जन फिल्मले नाफाको व्यापार गर्न सकेनन् । यो वर्ष उनको डिष्ट्रीव्युसनमा आधा दर्जन फिल्म प्रदर्शन हुनेछन् । फिल्म वितरणबाट कसरी सुरक्षित हुने त ? भन्ने प्रश्नमा उनको भनाई छ- 'हामी फिल्म रिलिजको पुल मात्रै हौं । बजार सुधारको नीति निर्माण सम्बन्धीत संघ संस्थाले तय गर्नुपर्नेछ ।'


फिल्म बजार, निर्माता, वितरक, हलवाला लगायत फिल्मकर्मीलाई फाईदा पुग्ने गरी साउन १ गतेबाट बक्स अफिस, हल तथा फिल्म वर्गीकरणको नीति विकास वोर्डले घोषणा गर्दैछ । आश गर्रौ, यो नीतिले वर्तमान फिल्म बजारलाई माथि उठ्न सघाउनेछ ।