'मेरो माया मरेपछि तिमी त धेरै दामि भईछ्यौ...' यहि गीतका स्वर तथा संगीतका धनी गायक हिमाल सागर नेपाली फिल्ममा प्रमुख भुमिकामा देखिने भएका छन् । विज्ञान प्रविधिको कथा बोक्ने फिल्ममा सागर गायककै भुमिकामा प्रस्तुत हुनेछन् ।
दिनेशराज शर्माको स्क्रिप्ट लेखन एवम् निर्देशन रहेको फिल्मको नाम भने विकास वोर्डमा दर्ता हुँन बाँकी रहेकाले गोप्य राखिएको छ । संगीत बजारमा कहानी एल्बमको भिडियो ल्याउने तयारी गरिरहेका सागरले फिल्मको क्यारेक्टर मन परेकाले आफु एक्सन कटको लागी तयार भएको बताए ।
थुप्रै म्युजिक भिडियोमा अभिनय तथा फिल्म 'किन किन'मा अतिथि कलाकारको रुपमा देखिएका सागर भन्छन्- 'आफ्नो भुमिकालाई न्याय गर्ने कोसिश गर्नेछु । बाँकी दर्शको हातमा ।' यही भदौको दोस्रो सातबाट फ्लोरमा जाने बताइएको प्रोजेक्टमा हिमाल सागरको साथमा सरू वन र सिमा थापा अपोजिटमा हुनेछन् । अन्य क्यारेक्टर भने फाइनल हुन बाँकी छ ।

काठमाण्डौ र विरगञ्मा छायाँकन गर्ने फिल्ममा राहुल राईको क्यामेरा, हिमाल सागरकै संगीत तथा स्वर रहनेछ । फिल्ममा दुई अंग्रेजी फ्लेवरको गीत पनि रहने सागरले बताए । ६० लाख बजेट अनुमान गरिएको फिल्ममा दशरथ गिरी एनिमेटेड डिरेक्टर छन् । फिल्मको ७० प्रतिशत भागमा भिएफएक्सको प्रयोग हुनेछ । फिल्ममा नारायण मैनाली र सिमा थापाको लगानी रहनेछ ।
गायकमा सफल उदित नारायण झा, रामकृष्ण ढकाल, राजेश पायल राई यसअघि पर्दामा प्रमुख रोलमा प्रस्तुत भैसकेका छन् । तर उनीहरुको पर्दामा त्यती सफल मानिएनन् । नेपाली पप संगीतमा सफल मानिएका झापाली हिमाल सागर पर्दामा सफल होलान् ?

