Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलेशियामा नेफ्टा अवार्ड, टप फाईभ नोमिनेशन सार्वजनिक (लिस्ट सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/07/13

राजधानीको एकेडेमी हल हुँदै पहिलेको बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (अहिलेको सविधान सभा भवन) र सोल्टी होटलमा सम्पन्न हुँदै आएको नेफ्टा अवार्डको छैठौं सस्करण मलेशियामा हुने भएको छ ।

 

 

 

शनिबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि नेपाल चलचित्र प्राबिधिक संघले ३१ विधाका टप फाईभमा पर्न सफल फिल्मकर्मीको नोमिनेश सार्वजनिक गर्ने क्रममा आगामी भाद्र महिनाको अन्तिम साता तिर मलेशियामा अवार्ड गर्न लागेको जानकारी गराएको हो ।

 

 

फिल्म 'हो यहि हो माया'का निर्माता सुवाश गिरीको पहलमा नेफ्टा अवार्ड मलेशियामा हुन लागेको हो । 'मलेशियामा रहेका नेपाली फिल्मका प्रिय दर्शक र नेपाली फिल्मकर्मीको सम्बन्धलाई गाढा बढाउन पुलको काम गर्न मात्र लागेको हुँ,' कार्यक्रममा गिरीले भने- 'यसले नेपाली फिल्मको अर्न्तराष्ट्रिय बजारलाई पनि उकास्न मद्दत पुग्ने आश गरेको छु । प्राबिधिक संघका अध्यक्ष मनोज केसीले मलेशियामा अवार्ड सफलताका साथ सम्पन्न गरेपश्चात आगामी अवार्ड पनि बिदेशी भुमिमा नै गर्ने प्रतिबद्धता जनाए ।

 

 

 

बर्ष ०६८ देखि बर्ष ०६९ सालको भाद्र महिना सम्म प्रदर्शनमा आएका फिल्महरूलाई निर्णायक भरत शाक्य, विजयरत्न तुलाधार, जावेद शाह, प्रभाकर शर्मा र सुनिल थापाले अवलोकन गरेर टप फाईभ लिस्ट तयार परेका हुन् । निर्णायक मण्डलीका संयोजक भरत शाक्यले आफूहरूको तर्फबाट सक्दो निश्पक्ष निर्णय दिएको बताए । छैठौ नेफ्टा अवार्डको नोमिनेशनमा पर्न सफल नोमिनिजहरुको नामावली यसप्रकार छ -

 

१)    कथा                                        २) पटकथा                          ३) संवाद
क)    अपवाद – सुशन प्रजापति          क) अपवाद – सुवास कोइराला        क) अपवाद – सुवास/उज्वल/शेखर
ख)    देवयानी – विजय बस्नेत           ख) लेटर – सामतेन भुटिया           ख) फर्की आउ – ओम प्रतिक
ग)    फर्की आउ – ओम प्रतिक            ग) लुट – निश्चल बस्नेत              ग) लुट – सौगत/दयाहाङ्ग
घ)    काठमाण्डौ – आकाश अधिकारी    घ) मसान – नीर शाह                  घ) मेरो लभ स्टोरी – कुमार भट्टराई
ङ)    पल – कर्ण शाक्य                       ङ) सायद – सुरज सुब्बा (नाल्बो)    ङ) पल – कर्ण शाक्य

४)    श्रृङगार                         ५) कस्टुयुम                        ६) मिक्सिङ्ग
क)    अन्दाज – सरोज पाण्डे         क) अन्दाज – सुनिता                  क) अपवाद – सगुन श्रेष्ठ
ख)    काठमाण्डौ – सन्तु तामाङ     ख) फेसबुक – निलिमा शर्मा         ख) चपली हाईट – उत्तम न्यौपाने
ग)    मायाज बार – अशोक रोक्का   ग) काठमाण्डौ – नुमना कलेज      ग) काठमाण्डौ – मुकेश शाह
घ)    मेरो लभ स्टोरी – सरोज पाण्डे  घ) के यो माया हो – निलिमा शर्मा घ) लुट – उत्तम न्यौपाने
ङ)    सायद – सन्तु तामाङ             ङ) मेरो लभ स्टोरी – मतिन खान    ङ) फुल – राजकृष्ण/सुनयमान

७)    कला                                            ८) नृत्य                                    ९) द्धन्द
क)    आइएम सरी – राजु पेन्टर           क) अन्दाज–शंकर बिसि (आयो बरी लै)          क) अन्दाज – राजेन्द्र खड्गी
ख)    मालतीको भट्टी – सन्तोष लामा   ख) ब्रेक फेल– रेनेशा राई (ब्रेक फेल)               ख) बजार – एन.वि. मर्हजन
ग)    मसान – निर्जल श्रेष्ठ                 ग) मालतीको भट्टी– रेनेशा राई (थपी देउ)       ग) लुट – योगेन्द्र श्रेष्ठ
घ)    मायाज बार – निर्जल श्रेष्ठ           घ) मायाज बार– गम्भीर विष्ट (वारी सिकारी) घ) मायजबार – एन.वि. मर्हजन
ङ)    मेरो लभ स्टोरी– सुर्दशन/राजेश     ङ) रावण–शंकर विसि (हात्ती घोडा होइन)       ङ) रावण – चन्द्र पन्त


१०)    सम्पादन                           ११) छाँयाकन                   १२) गीतकार
क)  अपवाद – राजु ढुङ्गाना    क) अपवाद  – सुसन प्रजापति        क) आईएम सरी – प्रदिप भारद्धाज (उडी चरी)
ख)  लेटर – अन्नत थपलिया  ख) आईम सरी  – पुरुषोत्तम प्रधान ख) किन लाग्छ माया – प्रमोद ढुङ्गाना–(किन लाग्छ)
ग)  लुट – सुरेन्द्र पौडेल         ग) लुट  – पुरुषोत्तम प्रधान            ग) म तिम्रो भैसके – शैलेश आचार्य¬(तिमीलाई मात्र)
घ)  मसान – बनिस शाह       घ) मेरो लभ स्टोरी – राजेश श्रेष्ठ     घ) मायाज बार – सुरेश अधिकारी (वारी सिकारी)
ङ)  सायद – विपिन मल्ल     ङ) सायद – सञ्जय लामा                ङ) पल – किरण खरेल(पल आउँछ)

१३)    संगीत                                     १४) पाश्र्व संगीत             १५) एरेन्जर
क)  अन्दाज – वसन्त सापकोटा             क) अपवाद – बिजु बज्रचार्य      क) अन्दाज– महाराज थापा
ख)  किल लाग्छ माया – लक्ष्मण शेष       ख) चपली हाईट– अर्जुन कुमार  ख) आईम सरी– गोपाल रसाईली
ग)  मायाज बार – सुरेश अधिकारी           ग) लेटर – सुजिल कर्मचार्य       ग) किन लाग्छ माया–बिकास गुरुङ
घ)  मालतीको भट्टी – कालीप्रसाद बास्कोटा घ) मायाज बार– एलिस कार्की   घ) मायाजबार–महाराज थापा
ङ)  मेरो लभ स्टोरी – प्रमोद खरेल            ङ) मेरो लभ स्टोरी– सुजिल कर्मचार्य ङ) मेरो लभ स्टोरी– सुजिल कर्मचार्य

१६)    गायन– पुरुष                              १७) गायन–महिला        १८) हाँस्य अभिनेता
क) अन्दाज– दिपक लिम्बु (सिम्पल ...)     क) अन्दाज–माण्डपी त्रिपाठी (सिम्पल...)   क) ईकु–२ –सुलेमान शंकर
ख) किन लाग्छ माया–प्रमोद खरेल(किन..)ख)म तिम्रो भईसके–प्रविशा अधिकारी  ख)जबजब माया बस्छ–विष्णु सापकोटा
ग) के यो माया हो–सनुप पौडेल(के यो...)      ग) मायाज बार–आस्था राउत (माया यो..)  ग) लुट–दयाहाङ्ग राई
घ) मायाज बार–राजेशपायल राई(सरसर..)    घ) पल–मनिला सोताङ (मधु मास...)        घ) सायद–विलसन विक्रम राई
ङ) पल–हेमन्त राना (पल आउँछ.....)           ङ) द गेम–मल्लिका कार्की (घुम्टो ओडी..)    ङ) त त साह्रै सप्रिस बद्री–जय किसन

१९)    बाल अभिनेता                 २०) खल अभिनेता                    २१) चरित्र अभिनेता–पुरुष
क) बजार – विवेक महर्जन               क) फेसबुक –झरना थापा         क) फर्की आउ –गणेश उप्रेती
ख) देवयानी – सोनिका पौडेल           ख) लेटर –उत्तम प्रधान            ख) जव जव माया बस्छ– गणेश उप्रेती
ग) फर्की आउ – ईशान राउत              ग) मृगतृष्ण – हेमन्त बुढाथोकी ग) म तिम्रो भई सके – रामकृष्ण बजगाई
घ)  म तिम्रो भईसके – विज्ञान सापकोटा घ) राज  –शिव श्रेष्ठ             घ) फुल – नीर शाह
ङ)  साथी म तिम्रो– शिर्षक सापकोटा    ङ) रावण –कमलकृष्ण            ङ) फुल – युवराज लामा

२२) चरित्र अभिनेता–महिला           २३) सह अभिनेता–पुरुष    २४) सह अभिनेता–महिला
क)    आईम सरी –अञ्जु के.सी              क) फेसबुक –सुवास थापा        क) काठमाण्डौ–  संयुक्ता राण
ख)    जव जव माया बस्छ–मिथिला शर्मा ख) फर्की आउ –ओम प्रतिक    ख) किन लाग्छ माया–झरना थापा
ग)    काठमाण्डौ –गौरी मल्ल                 ग) लेटर – विशाल चाम्लिङ्ग   ग) मालतीको भट्टी–नन्दिता के.सी.
घ)    मसान –सुभद्रा अधिकारी               घ) मेरो लभ स्टोरी –विनय श्रेष्ठ घ) मसान – निता ढुङ्गाना
ङ)    फुल – सिर्जना बस्नेत                    ङ) सायद – सुनिल रावल          ङ) मायाजबार – करिश्मा मानन्धर

२५) नव अभिनेता –पुरुष               २६) नव अभिनेता –महिला    २७) नव  निर्देशक
क)    अन्दाज –सविन श्रेष्ठ               क) चपली हाईट –विनिता बराल       क) अपवाद – सुवास कोइराला
ख)    फेसबुक – स्वतन्त्र प्रताप शाह    ख) काठमाण्डौ –प्राप्ती घिमिरे        ख) आईम सरी – दिनेश राउत
ग)    मायाजबार – गजित विष्ट         ग) के म तिम्रो साथी बन्न सक्छु–दिप्ती गिरी ग) लेटर– सामतेन भुटिया
घ)    मिस यू – बरुण सम्शेर राणा      घ) लेटर – एन्नी जिम्बा                  घ) लुट – निश्चल बस्नेत
ङ)    सायद – संयम पुरी                   ङ) मजबुर– अनुष्का ढकाल              ङ) मालातीको भट्टी– गणेश देव पाण्डे

२८) अभिनेता (पुरुष)                          २९) अभिनेता (महिला)      ३०) निर्देशक
क)    अन्दाज – जीवन लुईटेल            क) मसान – केकी अधिकारी        क) अन्दाज –उज्वल घिमिरे
ख)    अपवाद – राजबल्लभ कोइराला    ख) मायाज बार –निशा अधिकारी    ख) काठमाण्डौ – आकाश अधिकारी
ग)    के म तिम्रो साथी बन्न सक्छु – आर्यन सिग्देल ग) मेरो लभ स्टोरी–रिचा शर्मा  ग) मसान – नीर शाह
घ)    लुट – सौगत मल्ल                     घ) मिस यू– नम्रता श्रेष्ठ             घ) मेरो लभ स्टोरी– सुर्दशन थापा
ङ)    मेरो लभ स्टोरी – आर्यन सिग्देल    ङ) रावण – रेखा थापा                ङ) सायद – सुरज सुब्ब (नाल्बो)

३१ चलचित्र        
क)    अन्दाज – फार मुभिज    
ख)    काठमाण्डौ – द स्काई भुभिज    
ग)    लुट – प्रिन्सेस मुभिज÷ब्ल्याक हर्स
घ)    मेरो लभ स्टोरी – आईकोर मुभिज    
ङ)    सायद – र्दुगिस फिल्मस्