Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यसरी भयो यशराजको बिहे (फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2013/07/14

मोडल तथा नायक यशराज गरच विवाह बन्धनमा बाँधिएका छन् । आज (असार ३०) मा उनले काठमाण्डौकी बैङकर प्रेमिका अञ्जना मिश्रलाई हिन्दु परम्परा अनुसार दुलही बनाएका हुन् ।

 

सुकेधारा अस्थायी घरबाट करिब पचास जना जन्ती लिएर यशराज बिहान १० बजे पुरानो बानेश्वरस्थित अन्नपूर्ण पार्टी प्यालेसमा पुगेका थिए । ३ बजेसम्म चलेको बिहे बिधिमा पञ्चे बाजा घन्काईएको थियो । फिचर फिल्म स्वर डेव्यु हिरो जग्गेको विधिवत् कर्ममा निकै मख्ख देखिन्थे । उनको बिहेमा निर्देशकद्धय आलोक नेम्वाङ, प्रशन्न पौडेल, हिरो अनिल थापा र केही फिल्मी साथीको सहभागिता थियो ।

 

अन्य फिल्मीकर्मीलाई भने श्रावण २ गतेको बिहे भोजमा निमन्त्रणा दिइएको छ । नक्साल स्थित भेन्यू पार्टी प्यालेसमा साँझ पाँच बजेदेखी सुरु हुने बिहे भोजमा करिब ३ सय नजिक फिल्मकर्मीलाई निमन्त्रणा दिइएको यशराजको भनाई छ । काँचको पर्दामा चम्कने कोशिसलाई जारी राखेका यशराजलाई सफल दाम्पत्य जीवनको शुभकामना !