Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेष्ठ नागरिकका लागि `त्राश`

फिल्मीखबर, बिराटनगर, 2013/07/13

जेष्ठ नागरिक समाजको सहयोगार्थ शनिबार बिराटनगरमा फिल्म 'त्राश'को बिशेष प्रदर्शनी गरियो । बिराटनगरको आरोहण गुरूकुलमा साँझ ४ बजे फिल्म निर्माण युनिटले बिशेष प्रदर्शनी गरेको हो ।

 

गायक प्रकाश ओझाको निर्माण तथा निर्देशनमा बनेको यो फिल्ममा नायक जीवन लुईटेलका भाई निराजन लुईटेलले मुख्य भुमिका निर्वाह गरेका छन् । फिल्मको बिशेष प्रदर्शनी पनि निराजनकै पहलमा भएको हो । फिल्मको बिशेष प्रदर्शनीमा निराजन र निर्देशक ओझाको साथमा कलाकार प्रकाश सुब्बा लगायतको उपस्थिती थियो ।

 

पहिलो पटक फिल्ममा अभिनय गरेका निराजनले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको बताए । यस्तै फिचर फिल्ममा निर्देशकको अनुभव लिएका गायक ओझाले पनि आफ्नो पहिलो प्रयाशलाई दर्शकले रूचाएकोमा खुसी व्यक्त गरे । यात्राको क्रममा हुने घटनालाई थ्रीलर श्रेणीमा प्रस्तुत गरिएको यो फिल्ममा निराजनको साथमा अयुब केसी, अनु शाह, रिया श्रेष्ठ, प्रकाश सुब्बाको साथमा झरना थापाको बिशेष भुमिका रहेको छ ।

 

निर्देशक ओझाको कथा तथा संगीत रहेको यो फिल्मलाई रोशन श्रेष्ठले खिचेका हुन् भने पटकथा तथा संवाद मौनता श्रेष्ठले तयार पारेका हुन् । यस्तै फिल्ममा हिमाल जोशीको सम्पादन, प्रदिप खड्काको द्धन्दनिर्देशन, पूर्नम राईको करियोग्राफी रहेको छ । फिल्मलाई भाद्र महिना तिर रिलिज गर्ने योजना निर्माण युनिटको छ ।