Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.33/5.00)
Text size:-
+
-

ओपनिङ कलेक्सन : हलमा छैन उत्साह

फिल्मीखबर, काठमाण्डौ, 2013/07/14

असार २८ मा प्रदर्शन भएका दुई नेपाली फिल्मको सुरुवाती व्यापार खास हुन सकेन । अल नेपाल प्रदर्शनमा आएका दबाब र नथिङ इम्पोसिबलले वर्तमान फिल्म बजार प्रति निराश बढी उत्साह कम बनाई दिए । मल्टिप्लेक्स स्टेशनमा फिल्म नथिङ इम्पोसिबल भन्दा दबाब व्यापारिक रुपमा माथि रह्यो । तर, हलमा अभिनेता आर्यन सिग्दल र नोटवुक नायिका निता ढुङ्गानाको खासै क्रेज देखिएन ।


दबाब
काठमाडौं र मोफसल गरी ३८ पर्दामा प्रदर्शनरत दबाबले दुई दिनमा २३ लाख नजिकको ग्रस कलेक्सन गरेको रिपोर्ट वितरक रोहित कट्टेल दिन्छन् । अल नेपाल वितरक रोहित कट्टेलको रिपोर्ट माथि भने अन्य वितरक तथा हलवाला सहमत छैनन् । दुई दिनको कलेक्सनबाट निर्माता भानु महर्जन भने मख्ख छन् । फिल्मको प्रचारमा आर्यन र निताबाट खासै साथ नपाएका निर्माता महर्जन दाबी गर्छन्- 'फिल्मले लगानी उठाउँछ ।'

 

लगानी पचास लाख बताइएको दबाबले नेपाल र ओभरसीज राईट तथा डिभिडी राईटबाट लगानी रिकभर गर्ने निर्माता महर्जनको जानकारी छ । दबाबलाई आजको पूर्वी स्टेशनको व्यापार भने वर्षाले अवरुद्ध पारेको छ । पूर्वबाट प्राप्त जानकारी अनुसार वर्षाले गर्दा त्यहाँ प्रदर्शनरत फिल्मको सो चल्न मुस्किल छ । दयाराम दाहाल निर्देशित फिल्मले प्रेमको कथालाई पस्केको छ । निर्देशक दाहाललाई दबाब फिल्म चोरी गरेको आरोप छ ।

 


नथिङ इम्पोसिबल

 

नथिङ इम्पोसिवलले दुई दिनमा देशका ३० वटा पर्दाबाट ९ लाखको ग्रस कलेक्सन गरेको छ । फिल्मको सुरुवाती व्यापारको रिपोर्ट निर्माता निर्देशक राजेन्द्र खड्गीले दिएका हुन् । लगानी गोप्य राखिएको नथिङ इम्पोसिवलले देशका स्टेशनमा निराशको ओपनिङ कलेक्सन गर्यो । फिल्म हेर्ने दर्शकको प्रतिक्रिया सकारात्मक रहेकाले व्यापार बढ्ने विश्वास फाईट डिरेक्टर समेत रहेका खड्गीले व्यक्त गरेका छन् ।

 

राजेन्द्रले फिल्ममा ९ वर्षको नातीलाई विभिन्न द्धन्द्धका दृश्य दिन लगाएका छन् । फिल्मका मुख्य पात्र आर्यन खड्गी नायिका रागीनि खड्गीका छोरा हुन् । आर्यनको साथमा उनकी आमाको आईटम नृत्य तथा निर्देशक खड्गीकै छोरी रोमी खड्गी र कुशल थापाको रोल छ ।