भारतको सिक्किममा ५० प्रतिशत सुटिङ सकेर फिल्म 'सीसा' युनिट काठमाण्डौ फर्केको छ । अब बाँकि सुटिङ काठमाण्डौ आसपासका क्षेत्रमा गर्ने निर्देशक आरबिके शरदले जानकारी दिए ।

जीवन लुईटेल, उमा बेबी, रागिनी खड्गी, दिपेश भण्डारी, निर्मल सेन्चुरि, श्रेया दुलाल लगायतको अभिनय रहेको यो फिल्ममा अर्न्तराष्ट्रिय फुटबल खेलाडी भाईचुङ भुटियालाई केमियो भुमिकामा देख्न पाईनेछ । भुटियालाई फिल्ममा समाजसेवीको भुमिकामा देख्न पाइने निर्देशक शरद बताउँछन् । यो फिल्म शुभ साइत एकेडेमीको प्रस्तुतीमा ननस्टप क्रियशनको व्यानरमा निर्माण हुँदैछ ।


