
साउन ४ मा दुई मात्रै नेपाली फिल्म रिलिज हुनेछन् । मोफसल प्रदर्शन भैसकेको माई ब्रदर र दुई मुटु एक धड्कनले यो शुक्रबार रिलिजको अवसर पाएका हुन् । नेपालीसँगै बलिउड फिल्म रमैया वस्तभैया पनि भोलीबाट नै रिलिज हुनेछ । मोफसलका स्टेशनमा भने गत हप्ता प्रदर्शनमा आएका दुई फिल्म दबाब र नथिङ इम्पोसिवल दोस्रो हप्तामा रिलिज हुनेछन् ।

अभिनेत्री रेखा थापाको फिल्म 'काली'को गीत सार्वजनिक गरिएको छ । स्लोली स्लोली बोलको गीतलाई बसन्त सापकोटाले संगीत दिएका छन् ।

बलिउड फिल्मको नेपाल वितरणमा दर्शना आर्टस् थपिएको छ । नेपाल र भारत दुवै राष्ट्रमा फिल्म निर्माण, वितरण तथा प्रदर्शन कम्पनीको रुपमा दर्ता भएको दर्शना आर्टसले आउँदो शुक्रबार प्रदर्शन हुने 'रमैया वत्सभैया' फिल्मलाई वितरण गर्नेछ ।

अन्तत: नेपाली फिल्म चल्न छाडेपछि वितरक एवं निर्माता नरेन्द्र महर्जनले बिदेशिने सम्भावना देखाएका छन् । बुधबार हेटौंडामा अनौपचारिक कुराकानीमा निर्माता महर्जनले हलमा फिल्म हेर्न दर्शकहरु आउन छाडेकाले व्यापार ठप्प भएपछि अबको बिकल्प भनेको बिदेश रहेको बताए ।

विदेश उडाउने जिम्मा लिएका मेन पावर कम्पनीको लापरवाहीले विदेशमा नेपालीले पाउने पिडालाई मुख्य विषय बनाइएको फिल्म माई प्रमिश भदौ २१मा रिलिज नहुने भएको छ । फिल्मको करिब ७५ प्रतिशत सुटिङ गरिएको सिङ्गापुरलाई प्रर्शनको पहिलो प्राथामिकता दिदैं माई प्रमिश युनिटले तीजको नेपाल रिलिजलाई स्थगित गरेको हो ।

अध्यक्ष मोरवैताले चलचित्र विकास वोर्ड अध्यक्षको पदबाट राजीनामा दिन लागेको हल्ला निराधार रहेको बताए ।

