Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिलो दर्जाको वितरक हुन हिन्दी फिल्म वितरण

फिल्मीखबर, काठमाण्डौ, 2013/07/17

बलिउड फिल्मको नेपाल वितरणमा दर्शना आर्टस् थपिएको छ । नेपाल र भारत दुवै राष्ट्रमा फिल्म निर्माण, वितरण तथा प्रदर्शन कम्पनीको रुपमा दर्ता भएको दर्शना आर्टसले आउँदो शुक्रबार प्रदर्शन हुने 'रमैया वत्सभैया' फिल्मलाई वितरण गर्नेछ ।

 

शाहरुख खानको चेन्नेइ एक्सप्रेस, वन्स अपन टाइम इन मुम्बई दोबारा, फाँटा पोष्टर निकला हिरो सहित टिप्स र युटिभी व्यानरबाट निर्माण भएका अधिकांश फिल्मलाई दर्शना आर्टसले नेपालमा वितरण गर्नेछ । नेपालका दिपक अधिकारी म्यानेजिङ डिरेक्टर रहेको दर्शना आर्टसको नेपाल वितरणमा वितरक सुनिल मानन्धर र निर्देशक शंकर घिमिरे आवद्ध छन् ।


दर्शना आर्टसले नेपालमा हिन्दी फिल्मको वितरण गर्न लागिएको बारे दरबारमार्गस्थित होटल अन्नपूर्णमा एक प्रेस समारोहको आयोजना गरिएको थियो । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दर्शना आर्टसका म्यानेजिङ डिरेक्टर दिपक अधिकारीले भने- 'म यहाँ अन्य वितरक कम्पनीसँग प्रतिस्पर्धा गर्न आएको होइन । म उहाँहरुसँग सहकार्य गर्न तयार छु । म आफ्नो राष्ट्रमा व्यापार गर्न आएको हुँ ।'

 

 

बलिउड फिल्मको नेपाल वितरणमा एप्पल कम्पनी र गोपिकृष्ण मुभिज सक्रिय छन् । डिरेक्टर अधिकारीले नेपाली फिल्मको विश्व वितरण समेत आफुले सुरु गर्ने बताए । त्यस्तै वितरक सुनिल मानन्धरले ठट्यौली शैलीमा भने- 'फिल्म बितरणबाट डुबेर पनि दोस्रो दर्जामा काउन्ट भए । अब पहिलो दर्जाको फिल्म वितरण गर्छु र पहिलो दर्जाकै डुब्ने वितरकमा काउन्ट हुन्छ ।' उनको यो भनाई पछिल्लो पटक फिल्मले गरेको निराश व्यापार प्रति इङ्कित थियो । यस्तै उनले ठ्ट्यौली पारामा भने- 'पहिला लोकल खान्थें अब बिदेशी खान थालेको छु ।'

 



 

प्रेस समारोहमा भारतीय विज्नेश पर्सन पवन एसकेको पनि सहभागीता थियो । कार्यक्रमको अन्त्यमा फ्राइडे रिलिज हिन्दी फिल्म 'रमैया वत्सभैया' युनिटसँग फिल्मीखबरले केहि जिज्ञासा राखेको थियो । फिल्मीखबरसँगको स्काईप कुराकानीमा फिल्मका हिरो गिरिश कुमारले नेपाल सुन्दर रहेको सुन्दै आएपनि अहिलेसम्म आउन नपाएको बताए । उनले छिट्टै नै नेपाल आउने प्रतिबद्धता जनाए । यस्तै उनले आफ्नो डेब्यू फिल्म 'रमैया वत्सभैया'बाट निकै आश समेत राखेको बताए ।

 

 

यस्तै फिल्मका निर्माता कुमार तौरानीले नेपालमा आएर फिल्म सुटिङ गर्ने इच्छा रहेको बताए । आफ्नै छोरो गिरिशलाई डेब्यू गराएका तौरानीले नेपालमा पनि हिन्दी फिल्मको राम्रो बजार देखेको भन्दै आफ्नो फिल्मले सफलता पाउनेमा आशावादी रहेको बताए । यहि फिल्ममा अभिनय गरेकी नायिका ज्याक्लिन फर्नान्डेजले नेपाल निकै नै सुन्दर रहेको बताईन् ।

 

ज्याक्लिन फर्नान्डेज र गिरिश कुमारले नेपालको बारेमा यस्तो भने - Click here to watch Video

 

 

`रमैया बास्तभैया`को टिमसँग डिनर/ १० जना भाग्यशाली बिजेतालाई फिल्मको टिकट

 

यसैबिच दर्शना आर्टसले नेपाली दर्शकलाई फिल्म 'रमैया वत्सभैया'को टिमसँग डिनर खान पाउने व्यवस्था गर्ने भएको छ । नेपालका हलमा फिल्म चल्दा एउटा र्फम वितरण गर्ने र लक्की ड्रबाट छानिने २ जना दर्शकलाई कम्पनीकै खर्चमा मुम्बई लगेर कलाकार र निर्देशकसँग बसेर डिनर खुवाउने व्यवस्था गर्ने दर्शना आर्टसले प्रेसमिटमा जानकारी गरायो ।

 

यस्तै फिल्मीखबरले पनि फिल्म 'रमैया वत्सभैया'को एसएमएस क्विज शुरू गरेको छ । सोधिएको प्रश्नको सहि उत्तर पठाउने मध्ये १० जना भाग्यशाली बिजेतालाई बिग मुभिज र एफक्यूब हलमा 'रमैया वत्सभैया'को एक-एक वटा टिकट उपलब्ध गराउनेछ । क्विज आजै साँझबाट शुरू हुनेछ ।