Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मेरो आवश्यकता वोर्डमा छ` : पप्पु

फिल्मीखबर, काठमाण्डौ, 2013/07/17

अध्यक्ष मोरवैताले चलचित्र विकास वोर्ड अध्यक्षको पदबाट राजीनामा दिन लागेको हल्ला निराधार रहेको बताए । फिल्मीखबरसँगको कुराकानीमा उनले भने- 'अहिले मेरो आवश्यकता विकास वोर्डमा छ ।' वोर्ड छोडेर चुनाव भिड्न जाने भन्ने कुरालाई उनले भने- 'म अहिले वोर्ड छोड्ने मनस्थितिमा छैन । चुनावमा जाने भन्ने कुरा कहाँबाट आइरहेछ मलाई नै थाहा छैन ।'

 

मोरवैता राजकिशोर यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का पक्षधर हुन् । आफ्नो कार्यकालमा सुरु भएका योजनालाई टुङ्गो लगाएर मात्रै आफुले पद त्याग गर्ने विषयमा सोच्ने उनले बताए । अध्यक्ष मोरवैताले भने- 'जुन दिन देखी मैले विकास वोर्डका अध्यक्ष पद सम्हाले त्यही दिनदेखी मेरो राजिनामाको हल्ला आईरहेको छ । यो किन आइरहेछ मलाई नै थाहा छैन ।'


त्यस्तै उनले नेपाली फिल्मको विदेशी बजार विस्तारमा पहल सुरु गरेका छन् । विश्वका दुई दर्जन मुलुकमा नेपाली फिल्मको प्रदर्शनका लागी उनले प्रारम्भिक चरणको अभ्यास भैरहेको फिल्मीखबरलाई बताए । साउन १ गतेबाट बक्स अफिस, फिल्म तथा हल वर्गीकरण नीति लागु गराउन सफल भएका अध्यक्ष मोरवैताले भने- 'विदेशी बजारमा नेपाली फिल्म प्रदर्शन गराउनु पनि हाम्रो प्राथमिकता हो ।'

 

नेपाली भाषीको पहुंच भएका मुलुक भारत, कतार, मलेसिया, बेलायत, अमेरिका, कुवेत, क्यानडा लगायतका देशमा फिल्म प्रदर्शनको लागी पहल भैरहेको उनले जानकारी दिए । 'नेपाली प्रतिनिधी बसेर फिल्म रिलिज गर्ने योजना छ,' अध्यक्ष मोरवैताले सुनाए- 'पहिलो चरणको हाम्रो प्रयास सफल भएमा अन्य देशमा पनि नेपाली फिल्म प्रदर्शनको लागी पहल सुरु गर्नेछौं ।'