Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिका हानिने मुडमा नरेन्द्र !

मणिराज गौतम, हेटौंडा, 2013/07/17

अन्तत: नेपाली फिल्म चल्न छाडेपछि वितरक एवं निर्माता नरेन्द्र महर्जनले बिदेशिने सम्भावना देखाएका छन् । बुधबार हेटौंडामा अनौपचारिक कुराकानीमा निर्माता महर्जनले हलमा फिल्म हेर्न दर्शकहरु आउन छाडेकाले व्यापार ठप्प भएपछि अबको बिकल्प भनेको बिदेश रहेको बताए ।

 

'फिल्म चल्न छाड्यो त्यसैले अब यो क्षेत्र छाडेर अमेरिका जाने तयारी गर्दै छु,' उनले भने- 'पहिला नाम र दाम दुवै थियो तर अहिले न नाम छ दाम ।' पहिले दर्शकहरु ठेलमठेल गर्दै हल सम्म फिल्म हेर्न आउने गरेको र बोरामा पैसा हाल्दाको अबस्थालाई सम्झदै निर्माता महर्जन भन्छन्- 'यो अस्वस्थ मार्केटमा बसेर पैसा ढुक्नु भन्दा बिदेशिनु नै ठिक होला जस्तो लाग्दैछ ।'
 

'अमेरिकामा साथी छ, उसैको सहयोगमा अमेरिका जाने तयारी गर्दै छु,' महर्जनले भने- 'उतै बसेर व्यापार गर्ने मेसो मिलाउँदै छु । हेरौं के हुन्छ ।' हेटौंडामा सुबिधा सम्पन्न ओ म्याक्स सिनेमा हल निर्माण गरेपनि खासै दर्शकहरुको उपस्थिती नभएकाले दैनिक हल घाटामा चलाउनु परेको निर्माता महर्जनको दुखेसो छ । फिल्मी क्षेत्रमा धेरै समस्याहरु दैनिक आईरहेकाले सरकारबाट पनि कुनै सहयोगको ब्यबस्था नभएको र यो क्षेत्र अस्वस्थ रहेको कारण फिल्ममा लगानी गर्नु बालुवामा पानी हाल्नु सरह भएको उनको भनाई छ ।