Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

फ्राईडे रिलिज : दाजु भाई र माया प्रेमको कथा

फिल्मीखबर, काठमाण्डौ, 2013/07/18

साउन ४ मा दुई मात्रै नेपाली फिल्म रिलिज हुनेछन् । मोफसल प्रदर्शन भैसकेको माई ब्रदर र दुई मुटु एक धड्कनले यो शुक्रबार रिलिजको अवसर पाएका हुन् । नेपालीसँगै बलिउड फिल्म रमैया वस्तभैया पनि भोलीबाट नै रिलिज हुनेछ । मोफसलका स्टेशनमा भने गत हप्ता प्रदर्शनमा आएका दुई फिल्म दबाब र नथिङ इम्पोसिवल दोस्रो हप्तामा रिलिज हुनेछन् ।


माई ब्रदर
बिष्णु भट्टराईको लेखन तथा निर्देशन रहेको माई ब्रदर पारिवारिक प्रेमकथामा आधारित फिल्म हो । अबिरल फिल्मसको व्यानरमा सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेको यो फिल्ममा सुमिना घिमिरे, लक्की दीपक, रमेश बुढाथोकी, विमला गिरी, अन्जु थापाको साथमा बालकलाकार अनिष कंडेलको अभिनय रहेको छ । फिल्ममा बिरेन्द्र भट्टको छायाँकन, अष्ट महर्जनको द्धन्द, तारा प्रकाश लिम्बु, बिपिन आचार्य र तिलकको संगीत तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।

 


दुई मुटु एक धड्कन
माया प्रेमको प्रसंगलाई मुख्य विषय बनाइएको फिल्म दुई मुटु एक धड्कनमा पूजना स्त्री, शिव आचार्य र धिरेन शाक्यको मुख्य रोल छ । राजेन्द्र कुमार थापाको निर्देशन रहेको फिल्ममा धिरेन शाक्य खलपात्रको रुपमा तथा पूजना र शिव एक अर्काको अपोजिटमा प्रस्तुत भएका छन् । पालो प्रणालीको मारमा परेको दुई मुटु एक धड्कनमा विकास चौधरीको संगीत, श्याम रायमाझीको सिनेम्याटोग्राफी एवम् मनोज हमालको नृत्य निर्देशन छ । फिल्मलाई शिव नेपालले निर्माण गरेका हुन् । उनी हाल दम नामक फिल्मको निर्माणमा व्यस्त छन् ।