
गत मंगलबार सगरमाथाको चुचुरोमा पुगेकी नायिका निशा अधिकारी अहिले लुक्लामा अलपत्र अवस्थामा छिन् । मौसमका कारण प्लेन र हेलिकोप्टर पुग्न नसकेपछि निशा काठमाण्डौ आउन नपाएकी हुन् ।


गर्मीले तातिएको महोत्तरीको वर्दिवास अहिले फिल्ममय भएको छ । मंगलवार देखि फिल्म राहदानीको छायाकंन शुरु भएपछि वर्दिवास फिल्ममय भएको हो ।

नेपाल चलचित्र संघका महासचिव तथा निर्माता प्रदीप उदयले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । चलचित्र संघको कार्यालयमा ४७ औं जन्मदिन सेलिब्रेट गरेका उदयको फिल्म 'अधकट्टी'लाई सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गर्नेछन् ।

जेठ २६ २०७० : समग्र नेपाली फिल्मकर्मीहरूको प्रतिक्षाको दिन । नेपाली फिल्मी अनलाईन पत्रकारिताको अग्रणी संस्था फिल्मीखबर मिडियाले यस दिनलाई फिल्मकर्मीहरूको उत्सवको रूपमा सेलिब्रेट गर्दैछ ।

फिल्म 'कर्कश' लागू पदार्थ बिरूद्धको अभियानमा उत्रेको छ । सामाजिक सञ्जाल फेसबुकमा 'से नो टु ड्रग्स' फेसबुक स्लोगन राखेर लागू पदार्थको बिरूद्धमा एउटा प्रतियोगिता शुरू गरेको छ ।

