मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19657 - 19662 of 22636
फिल्मीखबर, काठमाडौँ, २०६९ श्रावण ४, बिहिवार

राजनीति र पैसा दुवै तर्फको  पावर भएका प्रोड्यूसरले परिचित रमेश जंग रायमाझीले फिल्म निर्माणमा सक्रियता  घटाउने निर्णय गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण ४, बिहिवार

श्रावण ५ गते अर्थात भोली शुक्रबारबाट दिपक रौनियार निर्देशित हाइवे र बद्री अधिकारी निर्देशित ज्यान हाजिर छ फिल्म देशभर एकसाथ प्रदर्शनमा आउँदैछन् ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण ४, बिहिवार

नायिका बेनिशा हमालले गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लक' को पब्लिसिटीमा सघाईनन् । निर्माण युनिटले पनि उनको सहयोगको अपेक्षा गरेन बरू उल्टै उनलाई पब्लिसिटीबाट हटाउनुको साथै केहि सिन समेत फिल्मबाट हटायो ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण ४, बिहिवार

आमाहरुबाट सुरु भएको मित्रताको सम्बन्ध छोराछोरीमा पनि त्यतिकै लागु भएको छ । हिरोईन ऋचा सिंह ठकुरीको आमा र अभिनेत्री मौसमी मल्ल निकै मिल्ने साथी हुन् । जुन मित्रताले मौसमीको छोरा विक्कीसंग ऋचाको दोस्ती निकै बढेको छ आजकाल । संयोग पनि कस्तो भने एक बर्षको उमेर अन्तर रहेको उनीहरुको जन्म महिना पनि श्रावण नै हो भने राशि बृष पनि एउटै ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण ३, बुधवार

बुधबार राती सम्पन्न एसियन पेन्टस खोजी प्रतिभाको फाईनल कार्यक्रममा उपस्थित भएका महानायक राजेश हमालले आफू अभिनित फिल्म मायाज बारको दिल खोलेर प्रोमोशन गरे । बिशेषत फिल्मकै प्रोमोशनका लागि पुगेका हमालले आफ्नो भुमिका र निर्देशक दिनेश डिसीको प्रशंशा गर्न भुलेनन् ।
 

फिल्मीखबर, काठमाण्डौ, २०६९ श्रावण ३, बुधवार

ब्याच नम्बर १६ को जति चर्चा भयो त्यसको बिजनेस रिर्टन राम्रो नआएपछि एक बर्ष हराएका निर्देशक पिताम्बर पाण्डे पुनः फिल्म निर्देशनमा फर्किएका छन् । उनी कविता श्रेष्ठको तेस्रो फिल्म निर्देशनको अन्तिम तयारीमा जुटेका हुन् ।

Results : 19657 - 19662 of 22636