Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 3.86/5.00)
Text size:-
+
-

काली रेखाको विस्तारै...तर के ? (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/07/18

अभिनेत्री रेखा थापाको फिल्म 'काली'को गीत सार्वजनिक गरिएको छ । 'स्लोली स्लोली...' बोलको गीतलाई बसन्त सापकोटाले संगीत दिएका छन् ।

 

प्रल्हाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको यस गीतमा शब्द रचना अमृता नेपालको छ । कविराज गहतराजले नृत्य निर्देशन गरेको यस गीतमा कालीका मुख्य पात्र अभिनेत्री थापा र नायक किशोर खतिवडा देखिएका छन् । यो गीतको पुरै छायाँकन विरगञ्जमा गरिएको हो ।

 

गीतको भिडियो यस्तो छ -


 

नारी प्रधान फिल्म कालीलाई शविर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मको हाल महाराजगञ्जस्थित रेड स्टुडियोमा सम्पादन भैरहेको छ । रेखा थापाकी आमा सरस्वती थापा निर्मात्री रहेको यो फिल्म आउँदो असोज २५ (फुलपाती) को दिनबाट काठमाण्डौ तथा मोफसलका हलबाट एकसाथ प्रदर्शनमा आउँदैछ । सोही मितिमा रेखाका पूर्व पति छविराज ओझाले निर्माण गरेको फिल्म लोफर पनि प्रर्दशन हुनेछ ।

 

पती पत्नीको सम्बन्धलाई पूर्णविराम दिएका रेखा र छवि बिच हलमा हुने लडाइँले चासो र चर्चा बटुलिरहेको । हलको यो खेलमा कस्ले बाजी मार्छ ? प्रतिक्षाको विषय हुनेछ ।