Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माई प्रमिश : पहिलो रिलिज सिङ्गापुर

फिल्मीखबर, काठमाण्डौ, 2013/07/17

विदेश उडाउने जिम्मा लिएका मेन पावर कम्पनीको लापरवाहीले विदेशमा नेपालीले पाउने पिडालाई मुख्य विषय बनाइएको फिल्म माई प्रमिश भदौ २१मा रिलिज नहुने भएको छ । फिल्मको करिब ७५ प्रतिशत सुटिङ गरिएको सिङ्गापुरलाई प्रर्शनको पहिलो प्राथामिकता दिदैं माई प्रमिश युनिटले तीजको नेपाल रिलिजलाई स्थगित गरेको हो ।

 

सुरज सुब्बा 'नाल्बो' निर्देशित फिल्मलाई दशैंको अवसरमा सिङ्गापुरमा प्रदर्शन गरिनेछ । त्यसपछि मात्रै नेपालको रिलिज डेट तय गरिने निर्देशक नाल्बो बताउँछन् । फिल्मको रिलिज डेट स्थगन गरिएको बारे निर्देशक भन्छन्- 'तीजको एक दिन बिदालाई लिएर फिल्म रिलिज गर्नु उचित लागेन ।' उसो त निर्देशक नाल्बोकै निर्देशन रहेको फिल्म मेरो भ्यालेन्टाईन पनि भदौ २८ मै रिलिज हुँदैछ । 'एउटै निर्देशकका ब्याक टु ब्याक फिल्म रिलिज हुँदा फाइदा हुने नदेखेर पनि माई प्रमिशलाई पछि सारिएको हो,' सुब्बाले भने ।


 

सिङ्गापुर सहित नेपालामा समेत सुटिङ गरिएको माई प्रमिशमा केकी अधिकारी, रमेश चन्द्र राई, नरकुमार लिम्बु, विल्सन विक्रम राई, अनुरागमान सिंह कुँवर, मार्टिन खान, आकाश खवासको अभिनय छ । महेश खड्काको संगीत एवम् संजय लामाको छायाँकन रहेको माई प्रमिशमा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।